Close This

नेकपाद्धारा कौडेना गापालाई ११ क्विन्टल चामल सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२ गते   ३२३ पटक हेरिएको


सर्लाहीको कौडेना गाउँपालिकालाई नेपाल कम्युनिष्टक पार्टी(नेकपा)कौडेना गाउँ कमिटिले खाद्यान्न सहयोग गरेको छ ।

कोरोना भाईरस विरुद्धको जारी लक डाउनका कारण हुँदा खाने गरीब परिवारलाई समस्या सृजना नहोस भन्नका लागि सहयोग गरेको नेकपाले जनाएको छ  । गाउँपालिकाका अध्यक्ष राम प्रसाद साहलाई नेकपा गाउँ कमिटिले ११ क्विन्टल चामल सहयोग गरेको  नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।

नेकपा सर्लाहीका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य डाचाराज वाग्ले,नेकपा सर्लाहीका पार्टी सचिव कलम बुढाथोकी,जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी,प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी,जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोख्रेल,सशस्त्र प्रहरीका उपरिक्षक गंगाराम श्रेष्ठ लगायत नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी जिसीले नेकपाको यस प्रकारको कार्यको प्रसंसा गर्नु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech