नेकपा(माओवादी केन्द्र)निकट पूर्व जनमुक्ति सेना नेपाल मधेश प्रदेशको अध्यक्षमा पूर्व जनमुक्ति सेना नेपालका ब्रिगेडियर कमिसार जोग कुमार बरबरिया यादव(जीवन) चयन भएका छन् ।सर्लाहीको बागमती नगरपालिका ४ र १२ स्थित निर्माणधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा आयोजना गरिएको मधेश प्रदेश स्तरिय भेलाले यादवको अध्यक्षतामा ३७ सदस्यीय पूर्व जनमुक्ती सेना नेपाल मधेश प्रदेश कमिटि गठन गरेको संघ सर्लाहीका अध्यक्ष टंक बहादुर बोहरा(सितल)ले जानकारी दिए ।

माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको भेला तथा अन्र्तक्रिया कार्यक्रममा पूर्व जनमुक्ति सेना नेपालका बटालियन कमिसार क्षेत्रबहादुर श्रेष्ठ(अनिल)सहितको उपस्थितिमा भएको भेलाले अरुण कुमार साह(अनिल)लाई संयोजक र राजेन्द्र प्रसाद सिंह(रक्की)लाई सह संयोजकमा चयन गरेको छ ।भेला तथा अन्र्तक्रिया कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाका पूर्व जनमुक्ति सेनाहरू सहभागी भएका थिए ।सहभागी पूर्व जनमुक्ती सेनाहरुले जुन उद्धेश्यका साथ जनयुद्ध सुरु भएको र लामो जनयुद्धबाट जे जुन उपलब्धि प्राप्त भएको छ त्यसको संरक्षण गर्नु जरुरी रहेको बताए ।