सर्लाहीको संग्रामपुरबाट बरिष्ठ सई यादवले खुलाए तस्करीको लाईन,मासिक करिब ५ लाख कमिसन असुली

1.6k Shares


सर्लाहीको पुवी नेपाल भारत सिमा क्षेत्र स्थित रहेको प्रहरी चौकी संग्रामपुरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ सई रामवालक यादवको चर्काे कमिसन असुली चलेको पाइएको छ । केही समय पहिला फुल व्यापारीसंग कमिसन असुलेको रहस्य बाहिरिएपछि निलम्बवनमा परेका असई मनोज यादवको ठाउँमा आएका बरिष्ठ सई यादवको पनि धन्दा उही पुरानै दोहोरीएको प्रहरी स्रोतको दाबी छ ।संग्रामपुर नाकाबाट तस्करीसंग ठूलो रकम कमिसन असुलेर तस्करी र भन्सार छली गर्न दिने काममा बरिष्ठ सई यादव आफैँ संग्लग्न भएका पाइएको हो ।आफुलाई निकै सादकी बताउने बरिष्ठ सई यादवले गाई,गोरु,मदिरा र प्रतिवन्धित लागु औषध गाँजा नेपालबाट भरत तर्फ पठाउन दिएका र भारतबाट खसी,बाख्रा,पाठा,किराना तथा खाद्यान्न,कपडा,चिनी,मैदा,सुर्तिजन्य पदार्थ,चिसो पेय पदार्थ,आलु,प्याज,चामल,दाल र तेल नेपाल भित्र्याउन दिएका पाइएको हो ।
बरिष्ठ सई यादवले हिरन,प्रमोद,रामजी,गुप्ता,जावालासंग सुर्तिजन्य पदार्थ नेपाल भित्र्याउन दिएर मासिक प्रतिव्यक्ति १५ हजारका दरले ७५ हजार,कैलाश चिनी,चिसो पेय पदार्थ र रेडबुलबाट मासिक रु १५ हजार,मोहाकासंग मैदाको मासिक रु १५ हजार,मनोजसंग चिनी र मैदाबाट मासिक रु १५ हजार,सन्देशसंग चिनी,चिसो पेय पदार्थ र रेडबुलबाट मासिक रु १५ हजार,पण्डीतसंग चिनी,चिसो पेय पदार्थ र रेडबुलबाट मासिक रु १० हजार,चिनी ओसार्ने महिलाहरुको समुहबाट मासिक रु ४० हजार,चामल कारोबारी ४ जनाको समुहसंग मासिक रु ३२ हजार,रेढबुल र चिसो पेय पदार्थ कारोबारीहरुसंग मासिक रु १५ हजार,आलु,प्याज कारोबारी सगर र मयुरसंग मासिक रु १० हजार,किराना सामान ओसार पसार गर्ने ७ जनाको समुहसंग मासिक रु ४० हजार,नेपालबाट मदिरा भारत लैजान भन्दै विजयसंग मासिक रु ७ हजार,कपडा कारोवारी कलिया,उमेशको समुहसंग मासिक रु १ लाख ५० हजार,नेपालबाट भारत तर्फ गाई जान दिए वापत मासिक २० हजार,राँगा कारोवारीसंग मासिक रु १० हजार,खसि,बाख्रा कारोबारीसंग मासिक रु २० हजार र कसमेटीकका सामाग्रीहरुको कारोबार गर्नेहरुसंग मासिक रु ५० हजार र प्रतिवन्धित लागु औषध गाँजा कारोबारीसंग मासिक रु २० हजार गरी कुल करिब ५ लाख मासिक रुपमा कमिसन असुल्ने गरेका प्रहरी स्रोतको दाबी छ ।लैनिक उपभोग्य सामानहरु घरायसी प्रयोजनका लागि थोरै ल्याउने स्थानीय सर्वसाधारण मानिसहरुलाई कडाई गरेर राम्रो काम गरेको सम्झनीने बरिष्ठ सई यादवले कमिसन धारीलाई सहजता प्रदान गरेका स्थानीय सर्वसाधारण मानिसहरु कै भनाई छ । सो विषयमा बुझ्न फोन गर्दा उनले प्रमाणित गर्न भन्दै आर्दशबादी गफ दिए ।
को हुन बरिष्ठ सई यादव ?
विगत करिब ४ वर्ष पहिला मार्डर भन्सार कार्यालय रहँदा बरिष्ठ सई यादवले २ लाख ५० हजार कमिसन लिएको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सिरहाले निलम्बन गरेको थियो । धेरै ठाउँमा भनसुन गरेर पावर लगाएर निलम्बन फुकुवा गरेका बरिष्ठ सई यादव धादिङ हाजिर भएका थिए । त्यसपछि पर्साका सबै प्रहरी चौकीहरु र उजुरी शाखाका साथै सर्लाहीको ईलाका प्रहरी कार्यालय गडहिया डुमरीयामा निमिक्त प्रमुख भई बसेका बरिष्ठ सई यादव अहिले सिमा प्रहरी चौकी संग्रामपुर प्रमुख छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण धिताल आएदेखि सिमा क्षेत्रमा रहेका प्रहरी चौकी प्रमुखदेखि प्रहरी कर्माचारीहरु अतालिएका भएपनि बरिष्ठ सई यादवले संग्रामपुरबाट निर्वाध रुपमा लाईन खुलाएका छन् । जिल्लाबाट अनुगमन टोली गएको समयमा आफैँ समेत डिउटीमा रहेको देखाउने उनले घुमुवा हटाएर आफैँले कमिसन असुली रहेका छन् । सो विषयमा जिल्ला प्रहरी कार्यालय अनभिज्ञ छ ।संग्रामपुर सिमानाकाबाट भित्रियएका भन्सार छलीका सामानहरु जिल्लाको बयलवास,लालबन्दी र हरिवनका साथै बरहथवा सम्म समेत पुग्ने गरेको छ । सिमानाकामा रहेका प्रहरी चौकीहरुको तुलनामा सिमा प्रहरी चौकी संग्रामपुर असुलीका लागि सुरक्षित मानिने गरेको छ ।

सम्बन्धित समाचार