सर्लाहीको मलंगवा नगरपालिका र चन्द्रनगर गाउँपालिका नेपाली कांग्रेसका उम्मेदवारहरुले जित निकालेका छन् । मलंगवा नगरपालिकाको नगर प्रमुख र उप प्रमुख तथा चन्द्रनगर गाउँपालिकाको अध्यक्ष र उपा अध्यक्षमा कांग्रेसका उम्मेदवारहरुले जित निकालेका हुन ।
मलंगवा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रप्रसाद यादव ४ हजार ४ सय ३९ मतान्तरले विजयी भएका छन् । यादवले ९ हजार ७८ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीमा उम्मेदवार निरसल साहले ४ हजार ६ सय ३९ मत प्राप्त गरेका छन्। उनि मलंगवा नगरपालिकाको निवर्तमान नगर प्रमुख समेत हुन ।
यस्तै, मलंगवा नगरपालिकाको उप प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएकी शकुन्तलादेवी साह ५ हजार १ सय ४३ मत प्राप्त गरि विजयी भएकी छन् । भने उनकी निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी उम्मेदवार पानो देवी ५ हजार १ सय ३९ मत प्राप्त गरेकी छन् ।
यता, चन्द्रनगर गाउँपालिकामा पनि नेपाली कांग्रेसले जित निकालेको छ । चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा राजकुमार महतो विजयी भएका छन् । ३ हजार ९ सय ९५ मत सहित महतो विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का लोकेन्द्र मुखियाले ३ हजार ५ सय ३६ मत पाएका छन् ।
त्यस्तै चन्द्रनगर गाउँपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रकी गीता देवी महतो ३ हजार ८ सय ६० मत सहित विजयी भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मंजु देवीले २ हजार ९ सय ५८ मत प्राप्त गरिन् ।
सर्लाहीका २० मध्य १२ स्थानिय निकायको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस ८ स्थानिय निकायमा विजयी भएको छ । भने नेकपा(माओवादी केन्द्र)ले ३ स्थानमा विजय हासिल गरेको छ । जनता समाजवादी पार्टीले १ स्थानिय निकायमा जित निकालेको छ । जिल्लाका ८ पालिकाको नतिजा अझै सार्वजनिक हुन बाँकी रहेको छ । सर्लाहीमा भने कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादी पार्टी बाहेक अन्य पार्टीले अहिलेसम्म खाता खोल्न सकेका छैनन् ।