नेता कार्यकर्तालाई फसाउन खोजिएको सर्लाही कांग्रेसको आरोप

280 Shares

आफ्ना नेता,कार्यकर्तामाथि सुनियोजित किसिमले मुद्दा दायर गर्न सुरु गरिएको प्रति नेपाली कांग्रेस सर्लाहीले आपत्ति जनाएको छ।कांग्रेस सर्लाहीले पार्टी कार्यालयमा मलंगवामा पत्रकार सम्मेलन गरी गत वर्ष नै बसबरियामा भएको एउटा सामान्य विवादको घटनालाई लिएर निवर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह सहित बसबरिया गाउँपालिकाका कांग्रेस नेता गजेन्द्र साह र अर्का युवा नेता निकेश त्रिपाठीमाथि मुद्दा लगाइएको प्रति आपत्ति जनाएको हो ।

e49d0318-c6ef-4e4a-99fa-c639ad9ac0b2.webp
प्रहरी कार्यालयमा सहमति भइसकेको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.अमरेक कुमार सिंहको ईसारमा आफुहरु माथि अनावश्यक विषयलाई लिएर राजनीतिक आग्रह पूर्वाग्रह राखेर मुद्दा दायर गरीएको नेता साहले बताए ।पत्रकार सम्मेलनपछि नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा.सरोज कुमार राय यादवले हस्ताक्षर गरी जारि गरिएको विज्ञप्तीमा सर्लाही कांग्रेसका नेता तथा कार्यकर्तामाथि अन्याय गरिएको उल्लेख गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन पछि बदनियतपूर्ण फसाउने किसिमले प्रहरी कार्यालय हुँदै सर्लाही जिल्ला अदालतसम्म मुद्दा पुगेपछि कांग्रेस सर्लाहीले प्रेस विज्ञप्ती समेत निकालेर भत्र्सना गरेको हो।कांग्रेस मधेश प्रदेशका उपसभापति एवम निवर्तमान मन्त्री वीरेन्द्र प्रसाद सिंहले सम्वन्धित निकायले आफ्नो भुल अविलम्ब नसच्याए कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार