कविलासीको तालाबन्दी खुलाएर कर्मचारी नियमित काममा फर्किए

413 Shares

सर्लाहीको कविलासी नगरपालिकामा कर्मचारीहरुले लगाएको तालाबन्दी खुलेको छ।तह बृद्धिको माग राख्दै नगरपालिकामा कार्यरत कर्मचारीहरुले बुधबारदेखि नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेर धर्ना सुरु गरेका थिए ।बिहीबार दोस्रो दिन मध्यान्ह १२ बजेसम्म धर्नामा बसेपछि नगर प्रमुख ब्रम्हदेव रायले तह बृद्धिको सम्वन्धमा आगामी सोमबार कार्यपालिकाको बैठक राखेर छलफल गर्ने प्रतिवद्धता जनाएपछि आफुहरुले आन्दोलन स्थगीत गरेको नगरपालिका कार्यालयमा कार्यरत प्राविधिक सहायक रामवचन रायले जानकारी दिए।उनले आफुहरुको अनिश्चितकालिन तालाबन्दीको कार्यक्रम तत्कालका लागि स्थगित गरेको बताए ।
अन्य पालिकाहरुमा एक महिनाअघि नै स्थानीय तह अन्तर्गतका कर्मचारीहरुको तह बृद्धि भइसकेको भएपनि कविलासी नगरपालिकामा भने आलटाल भएको भन्दै पालिकाका कर्मचारीहरु आन्दोलीत भएका हुन।माग सम्वोधन हुने आशमा आन्दोलन स्थगित गरी नियमित काममा फर्किएको बताउँदै आन्दोलीत कर्मचारीहरुले आफुहरुको माग सम्बोधन नभए अझ सशत्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार