Close This

सर्लाहीमा आज देखि २८ घण्टाका लागि निषेधाज्ञा जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-१३ गते   १६४६ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलवास क्षेत्रमा भएको द्वन्द्व नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारि गरेको छ । ईश्वरपुर नगरपालिका ४,५,६,८ र ९ नम्बर वडा क्षेत्रलाई घेराहाली निषेधाज्ञा जारि गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार साँझ भएको सवारि दुर्घटनामा स्थानिय एकजनाको ज्यान गएपछि उत्पन्न विवादले उग्र रुप लिए पछि द्वन्द्व नियन्त्रण गर्नु भन्दै मंगलबार(आज) दिउसो ३ बजेदेखि बुधबार साँझ ७ बजे सम्म गरि २८ घण्टा निषेधाज्ञा जारि गरिएको हो । 
आईतबार साझ करिब ९ बजे स्थानिय रामकुमार महतोको ज्यान गएको थियो । ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाईकलमा सवार महतोले गस्तिमा रहेको प्रहरीको भेनसंग ठक्कर खाँदा महतोको ज्यान गएको थियो । सोहि विषयमा भएको विवाद उत्कर्षमा पुगेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडालाई गृह मन्त्रालयले तानेर गौतमलाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको थियो । 
आन्दोलनकारीहरुले प्रहरीको भेनलाई आगजनी गरेका छन् भने करिब १५ जना सुरक्षाकर्मिहरु घाइते भएका थिए ।  निषेधाज्ञा जारि गरि सर्व पक्षिय सर्वदलिय छलफल चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रदर्शन स्थालमा ठुलो संख्यामा प्रहरी परिचालित रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech