भारतीय तरकारीको आयातले नेपाली तरकारी किसान मारमा

320 Shares

सर्लाहीका किसानहरु टमाटर तथा तरकारीको मुल्य नपाएर मारमा परेको बेला भारतिय तरकारीको आयात निरन्तर भएको पाइएको छ।कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले विज्ञप्ती जारी गरि भारतबाट आयात हुने तरकारीको बेचबिखनमा रोक लगाएपछि नेपाल भारत खुल्ला सिमानाका कारण नेपाली बजारमा भारतिय टमाटर तथा तरकारी खुलेआम रुपमा भित्रिएको रहस्य सार्वजनिक भएको हो। 

futage (4).jpeg
भारतबाट आयातित भएका टमाटर तथा तरकारीमा व्यापक मात्रामा विषादी प्रयोग गरेको पाइएपछि बिक्री वितरणमा प्रतिबन्ध लगाइएको भन्दै कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले विज्ञप्ती जारी गरेको छ।भारतबाट आयातित टमाटर तथा तरकारी अब उप्रान्त थोक बजारका कुनै पनि व्यापारीहरुले बेचबिखन गर्न नपाउने र गरेको पाइएमा कार्वाही गर्ने भन्दै समितिले विज्ञप्ती जारी गरेपछि नेपाली बजारमा भारतिय विषादियुक्त तरकारीको विगविगी रहेको रहस्य बाहिरिएको हो ।

futage (5).jpeg
नेपाल भारत ५१ किलो मिटर खुल्ला सिमानाबाट कुनै चेकजाँच विना भारतिय तरकारी तथा टमाटर नेपाली बजारमा सस्तोमा भित्रने गरेका कारण नेपाली किसानहरुले उत्पादन गरेको तरकारी तथा टमारटरले मुल्य नपाएपछि टमाटर खेत मै कुहीन थालेको छ।भारतीय टमाटर तथा तरकारीको अनियन्त्रित आयातका कारण नेपाली टमाटर तथा तरकारी उत्पादक किसान ठूलो आर्थिक मारमा परेका स्थानीय शेष इस्तिहारले बताए ।

futage (7).jpeg
भारतीय तरकारीमा अधिक विषादी हुनु र सहजै नेपाल भित्रदा कृषि थोक बजार व्यवस्थापन समिति त्यस प्रकारको टमाटर तथा तरकारी बेचबिखनलाई प्रतिबन्ध लगाउन तातेको हो।सर्लाहीको विभिन्न स्थानमा गरी करिब दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा टमाटर उत्पादन हुने गरेको भएपनि खुल्ला सिमानाको फाईदा उठाउँदै भारतिय विषादियुक्त तरकारी तथा टमाटर नेपाली बजारमा सहजै भित्रदा जिल्लाका किसानहरुले करिब दुई महिनादेखि टमाटर तथा तरकारी नटिपेर खेतबारी मै छाडेको हरिवन नगरपालिका २ का किसान पशुपती शर्माले बताए ।

futage (9).jpeg
टमाटर तथा तरकारी टिपेर बजार पुर्उँदा करिब सय रुपैँया खर्च हुने भएपनि बजार मुल्य जम्मा रु ५० मात्रै हुने भएपछि बरु खेतबारी मै कुवाउन बाध्य भएको उनको भनाई छ।अहिले लागत समेत उठ्न नसक्ने अवस्थामा नरेहको कारण टमाटर तथा तरकारी नटिपेका किसानहरुको पीडामा सरोकारवाला निकाय सधैँ गैर जिम्मेवार बन्ने गरेका किसानहरुको आरोप छ ।

futage (11).jpeg
यता,भन्सार विभागका साथै सरोकारवाला निकाय विच छलफल भई रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।उनले सर्लाहीमा प्लान्ट क्वारेन्टाईन कार्यालय नरहेका कारण हरियो तरकारीको आयातमा समस्या भएको बताए।प्लान्ट क्वारेन्टाईन कार्यालय मलंगावमा रहेको भएपनि त्यहाँ आलु,प्याज तथा धान,गहुँको मात्रै परिक्षण हुने गरेको पाइएको छ।जसका कारण विषादियुक्त भारतिय तरकारी तथा टमाटर खुलेआम रुपमा नेपाल प्रवेश गर्ने गरेको पाइएको हो भने,सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीहरु रभन्सार कार्यालय पनि आर्थिक प्रलोभनमा परेर तरकारी आयातलाई वास्ता नगर्ने गरेको पाइएको छ ।

Screenshot 2025-04-03 205627.png
नेपालमा हिउँद र वसन्त ऋतुमा पर्याप्त मात्रामा टमाटर तथा तरकारी उत्पादन हुने भए पनि भारतबाट टमाटर तथा तरकारी भित्रिने प्रवृत्ति नरोकिँदा किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।नेपाल सरकारले मौसमी बालीको संरक्षण गर्न भारतबाट आउने तरकारीमा उचित नियमन र कर प्रणाली लागू गर्नुपर्ने किसानहरुको माग छ।उचित नीति नबनाउने हो भने नेपाली किसानहरुको मेहनत व्यर्थ जाने मात्र होइन,नेपाल खाद्यान्नमा झनै परनिर्भर बन्ने खतरा देखिन्छ।किसानहरु सरकारसँग टमाटर लगायतका कृषिजन्य उत्पादनलाई प्रोत्साहन गर्ने नीतिहरु तत्काल ल्याउन माग गरिरहेका छन्। 

Screenshot 2025-04-03 205641.png

Screenshot 2025-04-03 205612.png

सम्बन्धित समाचार