सिन्धुलीमा करिब ५१ प्रतिशतले मात्रै गरे स्वास्थ्य बीमा

322 Shares

बागमती प्रदेशको सिन्धुलीमा स्वास्थ्य बीमामा आबद्ध हुनेको संख्या करिब डेढ एक लाख पुगेको छ।सिन्धुलीका नौ वटा पालिकाबाट गरि कुल एक लाख ४३ हजार तीन सय ३३ जना स्वास्थ्य बीमामा आवद्ध भएका स्वास्थ्य बीमा बोर्ड सिन्धुलीकी दर्ता अधिकारी सुदिना दाहालले जानकारी दिईन् ।उनका अनुसार राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुलीको कूल जनसंख्या तीन लाख २६ रहेकोमा एक लाख ४३ हजार तीन सय ३३ जना स्वास्थ्य बीमामा आवद्ध भएका हुन ।
राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुलीमा एक लाख ५२ हजार नौ सय ६१ जना महिला र एक लाख ४७ हजार ६५ जना पुरुष रहेकामा एक लाख ४३ हजार तीन सय ३३ जना स्वास्थ्य बीमामा आवद्ध भएका स्वास्थ्य बीमा बोर्ड सिन्धुलीका दर्ता अधिकारी इश्वरदत्त जोशीले बताए ।उनका अनुसार एक लाख ४३ हजार तीन सय ३३ जना स्वास्थ्य बीमामा आवद्ध भएकामा ७३ हजार पाँच सय २५ जना अर्थात ५१ दशमलव २९ प्रतिशत स्वास्थ्य बीमित्तहरुले मात्रै नविकरण गरेका छन् ।सिन्धुलीमा २०७४ सालबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम आर्थिक वर्ष २०८१/०८२ सम्म आई पुग्दा पाँच करोड ९६ लाख १४ हजार एक सय ५० बराबरको योगदान रकम संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार कमलामाई नगरपालिकाका सात हजार छ सय ७५ परिवारका ३६ हजार तीन सय ७१ जना,दुधौली नगरपालिकाका चार हजार सात सय ८९ परिवारका २१ हजार नौ सय ८४ जना,मरिण गाउँपालिकाका एक हजार सात सय ८६ परिवारका आठ हजार तीन सय २० जना,गोलन्जोर गाउँपालिकाका एक हजार तीन सय ८७ परिवारका छ हजार चार सय ८६ जना,तीनपाटन गाउँपालिकामन एक हजार नौ सय ७१ परिवारका नौ हजार आठ सय २४ जना,सुनकोशी गाउँपालिकामन एक हजार चार सय २० परिवारका छ हजार आठ सय २६ जना,घ्याङ्लेक गाउँपालिकाका पाँच सय ६० परिवारका दुई हजार चार सय ६० जना,फिक्कल गाउँपालिकाका सात सय ४३ परिवारका तीन हजार पाँच सय ८१ जना र हरिहरपुरगढी गाउँपालिकाका पाँच सय ५४ परिवारका दुई हजार छ सय ६४ जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।
जसमा सामान्य पैसा तिर्ने २० हजार आठ सय ८५ परिवारका एक लाख ३१ हजार दुई जना,महिला स्वास्थ्य स्वयम सेविका दुई सय ९६ परिवारका एक हजार छ सय ४१ जना,जेष्ठ नागरिक नौ हजार चार सय ७६ जना,पूर्ण अपाङ्ग(क) वर्गका एक हजार ७६ जना र अन्य गरी कुल ३१ हजार एक सय ४० परिवारका एक लाख ४३ हजार तीन सय ३३ जना स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।
हाल सिन्धुलीका नौ वटा पालिकाका पाँच वटा प्रथम सेवा केन्द्रहरुलाई स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरु तोकिएको छ।जसमा सिन्धुली अस्पताल,दुधौली नगर अस्पताल, लाम्पन्टार प्राथमिक स्वास्थ्य केन्द्र तीनपाटन,बेलघारी प्राथमिक स्वास्थ्य केन्द्र तीनपाटन, कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्र मरिण गरी पाँच वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था(प्रथम सेवा केन्द्र) तोकेको छ ।
साथै, बीमा बोर्डले क्यान्सर, मुटुरोग, डायलासिस, हेड इन्जुरी र स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि प्रमाणको आधारमा बीमा सीमा थप रु एक लाखले बढाएको छ।नौ वटा पालिका रहेको सिन्धुलीको तीनपाटन गाउँपालिकामा दुई वटा सेवा प्रदायक स्वास्थ्य संस्था तोकिएको भएपनि हरिहरपुरगढी,घ्याङ्लेक,सुनकोशी,गोलन्जोर र फिक्कल गाउँपालिकामा सेवा प्रदायक स्वास्थ्य संस्था नै नरहेका कारण पनि स्वास्थ्य बीमा गर्नेहरुको संख्यामा सोचे अनुसार बृद्धि हुन नसकेको बोर्डले जनाएको छ।बोर्डको नियमानुसार एसबीबीएस चिकित्सक कार्यरत रहेको स्वास्थ्य संस्थालाई सेवा प्रदायक स्वास्थ्य संस्था मान्ने गरिने भएकाले नौ वटा पालिका भएपनि पाँच वटा मात्रै सेवा प्रदायक स्वास्थ्य संस्था चयन भएका हुन ।बीमाबाट स्वास्थ्य सेवा पाउन निकै झन्झटिलो भएका कारण पनि बीमा गर्नेहरु तथा नविकरण गर्नेहरुको संख्या बृद्धि नभएको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार