हरिवन ८ मा दिन दहाडै चोरी

148 Shares

सर्लाहीको हरिवन नगरपालिका ८ स्थित कुसल बस्नेतको घरमा दिन दहाडै चोरी भएको छ ।सोमबार दिउँसो घरमा कोही नभएको मौका छोपी अपरिचित समुहले घरका झ्याल ढोका फोरी घरमा रहेका गरगहना सहित नगद रु.४९ हजार नगद चोरी भएको सोही घरमा डेरा गरी बस्ने सरोज अधिकारीले जानकारी दिए ।
उनका अनुसार बस्नेतको घरको दुई तलमा कोही नभएको मौका छोपी दिन दहाडै चोरी हुँदा करिब १४ लाख बराबरका विभिन्न किसिमका गरगहना र रु ४९ हजार नगद चोरी भएको हो । सोमबार दिउँसो करिब १२ बजेदेखि २ बजेको समयमा उक्त घरमा चोरी भएको हो । अधिकारी सोही घरमा डेरागरी बस्छन्।पछिल्लो समय सर्लाहीको लालबन्दी र हरिवन क्षेत्रका घर तथा पसलहरुमा चोरी भएका घटनाहरु बढी रहेका छन् ।

सम्बन्धित समाचार