नेपाली कम्युनिस्ट पार्टी(नेकपा)सिन्धुलीको इन्चार्जमा निवर्तमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन) चयन भएका छन्।विगत करिब तीन महिनादेखि इन्चार्ज विहिन रहेको नेकपा सिन्धुलीले दाहाललाई नेकपा केन्द्रको सर्कुलर अनुसार इन्चार्जको जिम्मेवारी दिइएको हो । फागुन २१ को निर्वाचनको समयमा नेकपा सिन्धुलीको इन्चार्जले पार्टीको नियम विपरित गतिविधि गरे पछि कारवाही गरिएपछि नेकपा सिन्धुली इन्चार्ज विहिन भएको थियो ।
नेकपा सिन्धुलीको इन्चार्जको जिम्मेवारी पाए लगतै नेता दाहालले पार्टीको जिल्ला अधिवेशनमा केन्द्रित हुने साथै पार्टीको सदस्य नवीकरण गर्दै वडा,पालिका,जिल्ला अधिवेशनमा केन्द्रीय हुने बताएका छन्।नेकपा नेता दाहालले सुरुवातीदेखि सहभागी हुनेहरुलाई समेटेर अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।
हक्की स्वभावका नेता दाहाललाई प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा पार्टी भित्रैबाट अन्तरघात गरी बागी उम्मेदवार बनाएर पराजीत गराउने कार्यमा लागेपछि नेकपा केन्द्रीय समितिले सिन्धुलीका केही नेताहरुलाई कार्बाही समेत गरेको थियो ।