सर्लाहीमा अनिश्चित कफ्र्यु आदेश जारी

277 Shares

जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार बिहान साँढे ८ बजेदेखि सर्लाही जिल्लाभर कफ्र्यु आदेश जारी गरेको छ ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क र ख बमोजिम अर्को आदेश नआउञ्जेल सम्मका लागि कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।
 प्रमुख जिल्ला अधिकारी श्रेष्ठको हस्ताक्षरमा जारी गरिएको कफ्र्यु आदेशमा“सर्लाही लगायत मुलुकका विभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ।यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिकलाई संयमित हुन हार्दिक आग्रह गर्दछु।प्रदर्शन तथा आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले यस परिस्थितिलाई सहज बनाउन नेपाली सेना सहित सबै सुरक्षा निकाय परिचालन भएको अवस्था छ।सबै जना शान्ति कायम राखी आफ्नो घर÷स्थानमा सुरक्षित रहन हार्दिक अपिल गर्दछु ।”भनिएको छ ।
कफ्र्यु आदेश जारी रहँदा सम्म पूर्व महोत्तरीको सिमाना बाँके,पश्चिम रौतहटको सिमाना बागमती नदी किनार,उत्तर सिन्धुलीको सिमाना र दक्षिण भारतीय सिमानाको चारकिल्ला भित्र कसैले आवत जावत गर्न,कुनै पनि प्रकारको भेला,जुलुस,प्रदर्शन,सभा,बैठक तथा घेराउ गर्न नपाउने कफ्र्यु आदेशमा भनिएको छ ।
कफ्र्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु एम्बुलेन्स,दमकल,शव वाहन, स्वास्थ्यकर्मीहरुका सवारी साधनहरु,सञ्चारकर्मीहरुका सवारी साधनहरु,मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरु आवागमनमा सुरक्षाकर्मीहरुबाट सहजिकरण हुनेछ ।उल्लेख गरिएको छ । भने सर्लाहीका बजारहरुमा मंगलबार रातीदेखि नै नेपाली सेनाले गस्ती गरि रहेको छ ।

सम्बन्धित समाचार