जहाज चार्टर्ड गरेर सरकारले पठायो सुदूरपश्चिममा ३३ डाक्टर

3.7k Shares

सरकारले कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको छ। शुक्रबार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको हो।

मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले सरकारी छात्रवृत्तिमा बढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटिनको लागि पठाइएको बताए।'उहाँहरू सबै एमडिएमएस दोस्रो वर्षका विद्यार्थी हुनुहुन्छ,' उनले भने।अहिले एमडिएमएस गर्ने सबैलाई सरकारले छात्रवृत्तिमा पढाउँछ। सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ३३ जनामध्ये १३ जना चिकित्सकलाई सेती प्रादेशिक अस्पताल र बाँकीलाई प्रदेशका अन्य जिल्लामा खटाइने जानकारी दिए।मन्त्री सुवेदीले अछाम, बैतडी, डडेलधुरा र दार्जुलामा तीनतीन जना र कैलालीको टीकापुर र बझाङ जिल्ला अस्पतालमा दुई-दुई जना चिकित्सक पठाइने बताए। चार जना चिकित्सकलाई भने कञ्चनपुरको महेन्द्रनगर खटाउने प्रदेशको तयारी छ।'केहीबेरमै जहाज आइपुग्दैछ। त्यसपछि सम्बन्धित ठाउँमा पठाउँनको लागि हामी व्यवस्था गर्दैछौं,' सुवेदीले भने।सेतोपाटी 

सम्बन्धित समाचार