सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्रका ५ सय जनालाई विद्युतिय चुलो(इन्डक्सन) वितरण सु्रु गरेको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र लालबन्दी नगरपालिकाको साझेदारीमा भएको सहमती अनुसार नगरभित्रका ५ सय जनालाई विद्युतिय चुलो(इन्डक्सन) वितरण सु्रु गरेको हो ।
नगरबासीहरुबाट आएका निवेदनहरुमाथी आवश्यक अनुसन्धान गरी नगरभित्रका ५ सय जनालाई विद्युतिय चुलो(इन्डक्सन) वितरण शुक्रबारबाट सुरु गरीएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणलाई मध्य नजर गर्दै नेपाल सकरारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना गरी निवेदनहरु मध्य छनोटमा परेका निवेदकहरुलाई सम्पर्क गरी बोलाएर विद्युतिय चुलो(इन्डक्सन) वितरण सु्रु गरिएको नगर उप प्रमुख शानती लामाले बताउनुभयो ।
निवेदकहरुले लागत सहभागीता वापतको रु ८ सय ४५ रकम बुझाएर टोकन प्रणलीमा विद्युतिय चुलो(इन्डक्सन) वितरण गरिने नगरपालिकाले जनाएको छ । विद्युतिय चुलो(इन्डक्सन) लिन आउँदा आफ्नो विवरण खुल्ने प्रमाण पत्र लिएर आउन पनि नगरबासीलाई नगरपालिकाले अनुरोध गरेको छ ।