सर्लाहीका ११ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटिए

606 Shares

सर्लाहीका ११ वटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटीएका छन् । ८ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटिएको केही दिनमै फेरि थप ३ वटा पालिकामा पनि नयाँँ प्रमुख प्रशासकीय अधिकृत खटिएका हुन ।
शाखा अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर चलाएका स्थानीय तहहरुमा संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नै खटाएको हो । जिल्लाको बलरा,कविलासी र बागमती नगरपालिकामा शाखा अधिकृतले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरि रहेका थिए भने अब उपसचिवहरु खटिएका छन् ।
शाखा अधिकृत उमेश महतो निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा बलरा नगरपालिकामा  रहेका थिए । अब बलरा नगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाटै उपसचिव लेखनाथ ज्ञवानीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ । भने कविलासी नगरपालिकामा शाखा अधिकृत नै निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका थिए भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उपसचिव वुद्धिप्रसाद उपाध्यायलाई कविलासी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।
यता,बागमती नगरपालिकामा राष्ट्रिय योजना आयोगबाट उपसचिव कृष्ण ब्यान्जुलाई सरुवा गरिएको छ । बागमतीमा शाखा अधिकृत विमल कुमार पोखरेल निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहेको थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त गर्ने अभियान घोषणा नै गरेर दरबन्दी अनुसार नगरपालिकामा उपसचिव र गाउंपालिकामा शाखा अधिकृत खटाउने काम सुरु गरि सकेको छ ।जसबाट सर्लाहीका ११ पालिका निमिक्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएका छन ।
जिल्लाको मलंगवा र बरहथवा नगरपालिकामा उपसचिव तथा धनकौल,विष्णु,कौडेना,बसबरिया, रामनगर र पर्सा गाउंपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाइ सकेको जनाएको छ । तर जिल्लाका यी पालिकाहरुमा सरुवा भएको करिब एक हप्ता हुनै लाग्दा पनि नयांँ उपसचिव तथा शाखा अधिकृतहरु हाजिर हुन आएका छैनन् ।
मन्त्रालयले आफुखुसी सरुवा गरेका कारण जिल्लाका कतिपय पालिकाहरुमा राजनितीक आग्रह पुर्वाग्रह देखााउदै प्रमुख प्रशासकीय अधिकृतहरु टिक्नै सक्दैनन् । जसका कारण पनि लामो समयदेखि जिल्लाका केही पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत बिहिन भएका हुन ।

सम्बन्धित समाचार