पूर्व पश्चिम लोकमार्गस्थित महोत्तरीकोे बेलगाछी पुल मंगलबार राती परेको अविरल वर्षासंगैको बाढीले भत्काएको छ।रातभर चुरे क्षेत्रमा परेको अविरल वर्षाका कारण आएको बाढीले पुल भत्किएपछि देशकै मुख्य सडकमार्ग भएर गुड्ने लामो तथा छोटो दुरीका सवारीसाधन बुधबार बिहानैदेखि रोकिएका छन्।
साउन महिनामा मेला लाग्ने नेपाल प्रसिद्ध महादेव मन्दीर टुटेश्वरनाथ महादेव मन्दीरमा आउने श्रदालु भक्तजनहरुलाई समेत निकै समस्या परेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सन्तु जयसवालले बताए ।उनका अनुसार पुर्व पश्चीम लोकमार्ग स्थित पर्ने बेलगाछीको पुल बाढीले भत्काएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरुलाई अन्यन्त्रबाट डाईभर्सन गरेर आवत जावतको वातावरण मिलाईएको छ ।
पुल भत्किएपछि बिहान केही समय सवारी आवागमन पुर्ण रुपमा ठप्प भएको भएपनि अन्यन्त्रबाट डाईभर्सन गरेर अहिले सवारी साधन आवागमनमा सहजता प्रदान गरिएको सो विषयमा सरोकारवाला निकायलाई जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।