सर्लाहीका ३ वटा स्वास्थ्य संस्थालाई ५ थान व्हिल चेयर हस्तान्तरण

232 Shares

सर्लाहीका विभिन्न तीन वटा स्वास्थ्य कार्यालयलाई पाँच थान व्हिल चेयर हस्तान्तरण गरिएको छ।लायन्स क्लब अफ इन्टरनेसनलबाट असहाय तथा अशक्त व्यक्तिहरूको सहयोगका लागि भन्दै प्राप्त भएको पाँच थान व्हिल चेयर विभिन्न स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरिएको लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्सका अध्यक्ष एवम लालबन्दी मोडल अस्पताल प्रा.लिका सञ्चालक डा.आलोक कुशवाहाले जानकारी दिए ।

s2.jpg

उनका अनुसार लालबन्दी नगरपालिका–१ स्थित रहेको नवलपुर सर्पदंश उपचार केन्द्रलाई दुई थान,लालबन्दी नगरपालिका–९ स्थित रहेको लालबन्दी नगर अस्पताललाई दुई थान र इश्वरपुर नगर अस्पताललाई एक थान गरी पाँच थान व्हिल चेयर हस्तान्तरण गरिएको हो ।

s1.jpg
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्स, लायन्स क्लब अफ लालबन्दी र लायन्स क्लब अफ लालबन्दी सिटीको सहकार्यमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।असहाय तथा अशक्त व्यक्तिहरूलाई सहज आवागमन तथा स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले व्हिल चेयर हस्तान्तरण गरिएको हो । 

सम्बन्धित समाचार