सिन्धुलीका कार्यालय प्रमुखहरुकोे छ बुँदे निर्णय,सबै कार्यालयहरु अथासिघ्र कार्यालय सञ्चालन गर्ने तयारी

357 Shares

सिन्धुलीका कार्यालय प्रमुखहरुको बैठकले महत्वपुर्ण छ बुँदे निर्णयहरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको बैठकले“देशको विद्यमान परिस्थितिबाट सिर्जित समस्याहरू,आगलागी तथा तोडफोड भएका कार्यालयहरूको भौतिक संरचनाहरूको क्षतिको विवरणहरू यथाशिघ्र तयार गरी सम्बन्धित निकायमा जानकारी गराउने,सम्बन्धित कार्यालयका प्रमुखले कार्यालयको कार्य वातावरण नयाँ रुपमा संचालन गर्न आवश्यक पहल गर्ने,हालको परिस्थितिबाट सिकाइ गर्दै यथाशिघ्र कार्यालयहरूबाट आ–आफ्नो सेवा सुचारु गर्ने र हालको परिस्थितिबाट सिर्जना भएको क्षतिले जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत लगायतका अन्य क्षति भएका कार्यालयहरूलाई तत्काल सेवा सुचारु गर्नको लागि अति आवश्यक सामग्रीहरू विभिन्न निकायहरूसँग सहयोग माग गर्ने र त्यस्ता निकायहरूले आफ्नो कार्यालयमा भएको सामाग्रीहरू पछि फिर्ता गर्ने वा हस्तान्तरणको माध्यमबाट उपलब्ध गराइ तत्काल सेवा सुचारु गराउने”लगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार कार्यालयको सुरक्षा व्यवस्था,सिसिटिभी क्यामेरालाई चुस्त दुरुस्त अवस्थामा राख्ने र जडान गर्नु पर्ने भए तत्काल जडान गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गरी तत्काल सेवा प्रवाह गर्ने व्यवस्था गर्ने साथै हालको विषम परिस्थितिमा सुरक्षा निकायहरूलाई आवश्यक सवारी साधन तथा सवारी इन्धनहरू पालो मिलाइ उपलब्ध गराइ शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने लगायतका विषय  कार्यालय प्रमुखहरुको बैठकले निर्णय गरेको छ ।
सिन्धुलीमा संघीय,प्रादेशीक र स्थानीय तहहरु सहित संस्थान र निगमहरु गरी करिब ५५ वटा कार्यालयहरु रहेका छन्।तुलनात्मक हिसाबले सिन्धुलीका सार्वजनिक निकायहरुको भौतिक संरचनाको क्षेती कम देखिएको स्थानीयले बताएका छन् ।यता,सिन्धुली जिल्लाभर शनिबार बिहान ५ बजे सम्म कफ्र्यु आदेश र त्यसपछि निषेधाज्ञा जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए।उनका अनुसार सिन्धुलीका कुनै अप्रिय घटनाहरु नघटेका भएपनि वर्तमान परिस्थितिलाई ध्यानमा राखेर  कफ्र्यु आदेश र निषेधाज्ञा जारी राखिएको हो ।

सम्बन्धित समाचार