Close This

महाेतरीकाे सम्सीबाट सशस्त्र प्रहरीकाे मिलेमताेमा व्यापक तस्करी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२६ गते   १९३ पटक हेरिएको

गणेश खड्का

होत्तरीको प्रमुख सीमा नाका सम्सीबाट शसस्त्र प्रहरीको मिलेमताेमा गाईगोरुको तस्करी व्यापक भएको पाईएकाे छ । शसस्त्र प्रहरी बल सिमा सुरक्षा आउट पाेष्ट(बिओपी) सम्सीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी निरिक्षक जयराम बस्नेतकाे मिलेमताेमा गाई गाेरुकाे अलावा,किरानाका सामानहरु,सुर्तीजन्य पदार्थहरुका साथै लागू औंषधकाे समेत खुलेआम काराेवार भएको पाईएकाे छ ।
त्युका साथै तस्करीकाे मुख्य नाकाकाे रुपमा परिचित सम्सी नाकाबाट सटिङसुटिङका महंगा कपडा,सारी र कुर्ताहरुको पनि तस्करी भएको पाईएकाे एक शसस्त्र प्रहरी अधिकारीले बताए । गाईगोरुको मुख्य तस्करीमा समिरूल मियाँ र नेयाज अन्सारीलाई शसस्त्र प्रहरी निरिक्षक बस्नेतले कमिसन लिएर काम गराउने गरेका उनले बताए । त्यस्तै कपडाको तस्करी आशा सिंह र बालाजी साहले गर्ने गरेका छन् । किरानाका सामानहरुकाे काम जय महतोले गर्दै आएका छन् । 
बीओपी प्रमुख बस्नेतले तस्करलाई लाइन दिए वापत मोटो रकम असुल्ने गरेका व्यापारीहरु नै बताउछन्।बीओपी प्रमुख बस्नेतले कमिसन खाएर लाइन दिएका ४० वटा गाईगोरु भारत तर्फ लैजादै गर्दा नेपाल प्रहरीले पक्राउ भन्सार बुझाएपछि साे रहस्य बाहिरिएको हाे ।
तर यता,बिओपी प्रमुख बस्नेतले चार किलाे मिटर खुल्ला सिमाना २० जना सुरक्षाकर्मीहरुले मात्र सुरक्षा दिन नसक्ने भन्दै घुमुउराे पाराले तस्करी चलिरहेकाे स्वीकार गरे । फेरि उनले आफू यस प्रकारका गतिविधिअरुमा संग्लगन नरहेकाे र  नुहने समेत बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech