लालबन्दी ७ को जानकी माविमा आईरन र फोलिक एसिड सम्बन्धी अभिमुखिकरण

118 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित रहेको जानकी माविमा अध्यायनरत किशोरीहरुलाई लक्षित गरी आईरन तथा फोलिक एसिड प्रयोग सम्बन्धी जानकारीमुलक कार्यक्रम गरिएको छ ।
लालबन्दी नगरपालिका ९ स्थित डुमडुमेमा रहेको नगर अस्पतालको आयोजनामा लालबन्दी नगरपालिका ७ स्थित रहेको जानकी माविमा अध्यायनरत तीन सय ५० जना किशोरीहरुलाई आईरन तथा फोलिक एसिड प्रयोग गर्ने तरीका जानकारी गराउन भन्दै अभिमुखिकरण कार्यक्रम गरिएको नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार अभिमुखिकरण कार्यक्रममा नगर अस्पतालका प्रमुख एवम स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.राम विश्वास राय दनुवारको विशेष उपस्थितिमा जानकी माविका तीन सय ५० जना छात्राहरुलाई अभिमुखिकरण गरिएको हो । कार्यक्रममा जानकी माविका शिक्षक एवम शिक्षीकाहरुको समेत सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार