Close This

हिरासतमा रहेका १५ जनाको आरडिटी परिक्षण सबैको रिपोर्ट नेगेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-३० गते   ६६६ पटक हेरिएको

सर्लाहीमा प्रहरी कार्यालयमा हिरासतमा रहेका मानिसहरुको पनि कोरोना भाईरस (कोभिड १९) परिक्षण गरिएको छ । ईलाका प्रहरी कार्यालय लालबन्दी र ईलाका प्रहरी कार्यालय हरिवनमा अनुसन्धानको क्रममा  हिरासतमा रहेको १५ जनाको कोरोना भाईरस(कोभिड १९) परिक्षण गरिएको हो ।
ईलाका प्रहरी कार्यालय लालबन्दीमा अनुसन्धानको क्रममा  हिरासतमा रहेको ५ जनाको र ईलाका प्रहरी कार्यालय हरिवनमा अनुसन्धानको क्रममा  हिरासतमा रहेको १० जनाको कोरोना भाइरस परिक्षण गरिएको हो । आरडिटी विधिबाट गरिने परिक्षण गर्दा उनिहरु १५ जनाकै रिपोर्ट नेगेटिभ आएको परिक्षणमा खटिएका स्वास्थ्यकर्मी धू्व केसीले जानकारी दिनु भयो । 
जिल्ला अस्पताल मलंगवा र स्थानिय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्कर्मीहरुको सहभागीतामा गरिएको आरडिटी परिक्षणमा १५ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । विभिन्न अनुसन्धानको क्रममा  हिरासतमा रहेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको कार्यालय मै स्वास्थ्यकर्मीको व्यावस्था गरि परिक्षण गरिएको ईलानका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो । थापाका अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीमा ५ जना र ईलाका प्रहरी कार्यालय हरिवनमा रहेका १० जनाको कोरोना परिक्षण गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech