तीनपाटनमा कृषि कर असुली,सम्झौता विपरित केठेदार कम्पनीले कृषि कर लिएको प्र.प्र.अ.नेगीको भनाई

338 Shares

सिन्धुलीको तीनपाटन गाउँपालिकाले निकासी करको नाममा कृषि कर असुल्ने गरेको स्थानीय किसानहरुको गुनासो छ।जडिबुटी,कबाडी र जीवजन्तुमा मात्रै कर लगाउने व्यवस्था भए पनि तीनपाटन गाउंपालिकाले हाल कृषिजन्य वस्तुमा समेत कर असुल्न थालेको किसानहरुको गुनासो छ ।
तीनपाटन गाउँपालिकाका विभिन्न स्थानमा उत्पादन भएको कृषि उपज काक्रो,हरियो साग, निउरो लगायतका वस्तु बजारसम्म पु¥याउँदा गाउँपालिकाले तोकेको कृषि कर तिर्नु पर्ने  बाध्यता सृजना भएको तीनपाटन गाउँपालिका ८ जुकेका अमर कार्कीले गुनासो गरे ।विगत करिब चार वर्षदेखि तीनपाटन गाउँपालिका ८ जुकेमा कृषिजन्य उत्पादन संकलन गरेर दैनिक सिन्धुलीमाढी ल्याउँदै आएका उनले गाउँपालिकाले कृषि प्रधान देशको कृषि उपजमा पनि कर लगाएर व्यावसायीक किसानहरुलाई विस्थापित गर्ने योजना बनाएको गुनासो गरे ।

28-08-2025-68b074c821fc5-t.jpg
तीनपाटन गाउँपालिका ८ जुकेबाट कार्कीले दैनिक करिब पाँच टन काक्रो,हरियो साग, निउरो लगायतका वस्तु बजारसम्म ल्याउने गरेका कार्कीले आफुखुसी गाउँपालिकाले कर असुल्न थालेपछि समस्या सृजना भएको बताए ।तीनपाटन गाउँपालिकाले काटेको निकासी करको रसिदमा जडिबुटी,कबाडी र जीवजन्तुमा मात्रै कर लिन पाउने प्रावधान लेखिएको भएपनि गाउँपालिकाले सम्पूर्ण कृषिजन्य उत्पादन मै कर उठाउन थालेको पाइएको छ ।
यता,तीनपाटन गाउँपालिका भित्र निकासी करको नाममा कृषि कर असुल्ने कार्य नगरेको र गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ मा जडिबुटी,कवाडी र जीवजन्तु लगाएतका वस्तुहरुको व्यावसायीक उपयोग तथा निकासी कर संकलन (काठजन्य वस्तु निकासी बाहेक) गर्ने कार्यको लागि ठेक्का लगाईएको तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगीले बताए ।फापरचुली निर्माण सेवा प्रा. लि.संग गाउँपालिकाले गरेको सम्झौता अनुसार कृषिजन्य उत्पादित वस्तुहरुको निकासी कर संकलन गर्ने सम्बन्धमा कुनै सम्झौता नभएको उनले बताए ।

28-08-2025-68b074c821fc5-t.jpg
सम्झौतामा उल्लेख भएको भन्दा बाहिर गई कर संकलन गरेको भनी प्रमाणित भई आएमा सोही सम्झौतामा भएको शर्त अनुसार उठेको रकम सम्बन्धित पक्षलाई फिर्ता गर्न लगाईने समेत तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेगीले बताए।पालिकामा दर्ता नगराई तरकारी जन्य वस्तुहरु व्यापार,व्यवसाय र बिक्री प्रयोजनका लागि बाहिर निकासा गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति÷व्यावसायी,फर्म,समुह,सहकारीले गाउँपालिकाको कार्यालयमा दर्ता गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार