सर्लाहीका सीमान्तकृत आदिवासी दलीत तथा मधेसी अपंगता भएका मानिसहरुलार्ई राहत सामाग्री वितरण गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको दोस्रो चरणबाट पिडित भएका जिल्लाका २० सीमान्तकृत आदिवासी दलीत तथा मधेसी अपंगता भएका मानिसहरुलार्ई राहत सहयोग गरिएको हो ।
राष्ट्रिय आदिवासी जनजाती ,अपाङ्ग महिला संघ नेपाल (निडवान) को आयोजना तथा नेपाल अपाङ्ग संघ सर्लाहीको संयोजनमा जिल्लाका विभिन्न स्थापनिय निकायहरुका २० जना सीमान्तकृत आदिवासी दलीत तथा मधेसी अपंगताभएका मानिसहरुलाई राहत वितरण गरिएको हो ।
जिल्ला समन्वय समिति सर्लाहीेको प्राङ्गणमा भएको कार्यक्रममा जिल्लाका २० जना सीमान्तकृत आदिवासी दलीत तथा मधेसी अपंगता अपंगता परिवारलाई जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
नेपाल अपाङ्ग संघ सर्लाहीका अध्यक्ष बिरेन्द्र रायको नेतृत्वमा चामल,दाल,खाने तेल,नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको आयोजबले बताएको छ ।