बाँके जंगलमा तीन सवारीसाधन ठाेक्कियाे

782 Shares

शंखर पहाडी(गाैरब)
पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित बाँके जङ्गलमा सवारीसाधन दुर्घटना भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत ईश्वरपुर नगरपालिका १२ स्थित बाँके जङ्गलकाे अमुवा पुलमा तीनवटा सवारीसाधन एक आपसमा ठाेक्किदा केही समय सवारीसाधन आवत जावत अवरुद्ध भएको थियाे ।
पुर्वबाट पश्चिम तर्फ आई रहेकाे प्रदेश २-०३-००१५९४४ नम्बरकाे ट्रक,पश्चिमबाट पुर्वतर्फ गई रहेकाे प्रदेश २ ०४-००१ ह ००७१ नम्बरकाे अटाे र बागमती  विएए ७४९० नम्बरकाे सफारि एक आपसमा ठाेक्किएका ईलाका प्रहरी कार्यालय  केशरगन्ज बयलवासले जनाएको छ । अमुवा पुलमा सफारिलाई ओभरट्याक गर्ने क्रममा अटाे सफारिसंग ठाेक्किएकाे र माेड्ने क्रमाा ट्रकसंग पनि ठाेक्किएकाे प्रहरीले जनाएको छ ।
पुल साँघुराे रहेकाे र  पुलबाट ट्रक निस्कन लागि रहेकाे र सफारिले ट्रकलाई साईड दिएकाे भए पनि अटाेले सफारिलाई ओभरट्याक गर्ने क्रममा सफारि र ट्रकमा ठाेक्किएकाे प्रहरीले जनाएको छ ।
मंगलबार दिउसो करिब ४:३० बजे भएको दुर्घटनामा कुनै पनि मानविय क्षेती नभएको  प्रहरीले जनाएको छ । अहिले सवारीसाधन आवतजावत सहज भएको छ ।

सम्बन्धित समाचार