Close This

विश्वभर ५९ हजार ४ सय ११ नेपालीमा कोरोना संक्रमण

पत्र पत्रिका    प्रकाशित: २०७७-४-३१ गते   ३७७ पटक हेरिएको

 यो साता कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघका अनुसार संक्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव मत्थर भएको देखिएको हो ।

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाल बाहेकका देशमा १ सय ९१ नेपालीको कोरना संक्रमणवाट मृत्यु भएको छ । भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो । हालसम्म विदेशमा रहेका ३३ हजार ४ सय ९९ नेपालीमा संक्तमण पुष्टि भएको छ । ती ८३ प्रतिशत निको भएका छन् ।

विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्दार गरिएको छ । विभिन्न ३० मुलुकमा भएको ३ सय २७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो । विदेशमा विविध कारण मृत्यु भएका २ सय ४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १ सय ७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टी गरिएको छ । ७६ जनाको शव नेपाल ल्याउन बाँकी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech