Close This

हरिपुर्वाका शिक्षकहरुद्वारा तलब माग गर्दै ज्ञापन पत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२५ गते   १२४३ पटक हेरिएको

सर्लाहीको हरिपूर्वा नगरपालिकाका शिक्षकहरुले तलब माग गर्दै नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।नगरसभाले बजेट पास नगर्दा हरिपूर्वाका शिक्षक तथा कर्मचारीले  दशैँमा समेत तलब खान पाएनन् ।

गएको साउनदेखि तलब नपाएपछि मारमा परेका शिक्षकहरुले तलब माग गर्दै  हरिपुर्वन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेलाई ज्ञापन पत्र बुझाएका हुन् ।नगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको बैठक बसेर आर्थिक वर्ष २०७९/०८० को प्रथम त्रैमासिक तलब भत्ता निकासा गर्न माग गर्दै नगरपालिका कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका नगर शिक्षा शाखाले जनाएको छ  । ज्ञापन पत्रमा असोज २६ गतेसम्म तलब पाउने वातावरण नभए २७ गतेदेखि चरणवद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ ।

यता, विशेष नगर सभा नभएका कारण काेलेनिकाले तलब भत्ता खुवाउन नपाउँदा आफुले पनि तलब भत्ता खान नपाएको हरिपुर्वा नगरपालिका शिक्षा शाखा प्रमुख जनक काफ्लेले बताए ।
आन्दोलनको कार्यक्रम अन्तर्गत २७ गते बिहीबार कालोपट्टी बाँधेर शिक्षण गर्ने, २८ गते शुक्रबार पेन डाउन गर्ने र ३० गते आइतबारदेखि अनिश्चितकाल सम्पूर्ण विद्यालय बन्द गरी नगरपालिका कार्यालयमा धर्ना दिने उल्लेख गरिएको छ । राजनीतिक सहमती जुट्न नसक्दा हरिपूर्वा नगरपालिकाकाे कार्यपालिका बैठक समेत बस्न सकेकाे छैन् ।
बैठक बस्न नसक्दा बजेट पारित हुन नसेकेकाे प्रमुख प्रशासकीय अधिकृत न्याैपानेले बताउनु भयाे । उहाँका अनुसार तलब,भत्ता नपाउँदा शिक्षक तथा नगरपालिकाका कर्माचारीहरुकाे दशैँ खल्लो भएको छ । तीहार र छठ पर्वमा पनि यस्तै अवस्था आउने देखेर बैठक बसी नगरपालिकालाई तलब खुवाउने वातावरण बनाउन शिक्षकहरुले दबाब दिएका हुन् ।

जिल्लाकाे हरिपुर्वा नगरपालिका र  विष्णु गाउँपालिकाले बजेट पारित गर्न सकेका छैनन् ।  जसका कारण दुवै स्थानिय  निकायमा विकास निर्माणसँगै अन्य आर्थिक गतिविधि ठप्प भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech