Close This

प्रथम पर्सा गोल्डकपमा हेटौडा फुटबल एकेडेमी सेमीफाइनलमा प्रबेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-८ गते   ३४५ पटक हेरिएको

पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा बीरगंज युनाइटेड क्लवलाई पराजित गर्दै हेटौडा फुटबल एकेडेमी  सेमीफाइनलमा प्रबेश गरेको छ ।पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा बिहिबार भएको छैठौ दिनको खेलमा बीरगंजलाई ० का बिरुद्ध १ गोल गर्दै हेटौंडा सेमीफाइनलमा प्रबेश गरेको हो ।

निकै रोमाञ्चक देखीएको खेलको ८२ औं मिनेटमा हेटौंडाका रोजम लामाले गरेको गोल नै जितका लागी निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच बीरगंज युनाइटेड क्लवका लालबाबु चौधरी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं २ का वडाध्यक्ष बेदमन दासले ट्रफी प्रदान गरे ।
फाइनल प्रवेशका लागी भोली दिउसो ३ बजे बीरगंज युथ क्लव र आयोजक पर्सागढी युवा स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech