जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै दीप प्रज्वलन

367 Shares

“जेन जी”पुस्ताको आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै सर्लाहीका विभिन्न स्थानमा दीप प्रज्वलन गरिएको छ।भदौ २३ र २४ गते “जेन जी” पुस्ताले देशव्यापी रुपमा आयोजना गरेको आन्दोलनको क्रममा सर्लाहीको लालबन्दी नगरपालिका ५ शान्ती टोलका वेद सुवेदी सहितको ज्यान गएको सम्झनामा सरकारले बुधबार शोक विदा दिएको र बुधबार साँझ नै सर्लाही सहित देशैभरी दीप प्रज्वलन गरिएको हो ।
१३ वर्षदेखि २८ वर्ष उमेर समूहका युवा अर्थात् “जेन जी”आन्दोलनमा ज्यान गुमाएका युवाहरुप्रति लालबन्दी,हरिवन,मलंगवा लगायत का साथै देशैभरी श्रद्धान्जली व्यक्त गर्दै दीप प्रज्वलन गरिएको हो ।“जेन जी”पुस्ताको आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरुप्रति दुःख व्यक्त गरिएको युवाहरुले बताएका छन्।भ्रष्टाचारको विरोधमा युवाहरुले गरेको प्रदर्शनको क्रममा सहीद भएकाहरु प्रति श्रद्धान्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।तर भदौ २३ र २४ गते “जेन जी” पुस्ताले गरेको देशव्यापी आन्दोलनको क्रममा हाल सम्म के कति मानिवय तथा भौतिक क्षेती भयो भन्ने एकीन तथ्यांक कसैसंग छैन्।आन्दोलको क्रममा कति जनाले ज्यान गुमाए ?कतिजना घाईते छन् ? घाईतेहरुको अवस्था र उपचार के कसरी भई रहेको छ ?भन्ने विषयमा कुनै पक्षले चासो नराखेको जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार