Close This

एन्टो लालबन्दीद्धारा नगर प्रमुखलाई ध्यानाकर्षण पत्र पेश

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२६ गते   २१०१ पटक हेरिएको

एन्टो लालबन्दी नगर कमिटि अध्यक्ष गौतम,नगर प्रमुख अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै

नेकपा(माओवादी केन्द्र) निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर कमिटिले लालबन्दी नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर कमिटिले लालबन्दी नगरपालिकाका नगर प्रमुखलाई १९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।


एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर कमिटिले स्थानिय सरकारले माध्यामिक शिक्षामा देखिने खालको कुनै काम नगर्दा शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । उसले आफ्नो ध्यानाकर्षण पत्रमा मासिक पारिश्रमिकको व्यावस्था,शैक्षिक तालिम तथा अवलोकन भ्रमण,बालविकास र कर्माचारीहरुलाई सम्मानजनक तलबको व्यावस्था,आर्थिक तथा प्राविधिक सहयोग सहित विद्यालय नियमित अनुगमन र नगरपालिकाको कुल बजेटको २० प्रतिशत रकम शिक्षामा विनियोजन गर्नु पर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर कमिटिका अध्यक्ष तुलसा गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकाहरुलाई विद्यालय ल्याउन र टिकाउन,गरीब,जेहन्दार छात्रछात्राहरुका लागि शिक्षामा बजेट छुट्याउन,अतिरित्त क्रियाकलापहरुका लागि बजेटको व्यावस्था गर्न,आवश्यकताका आधारमा भौतिक सुविधा वितरण गर्न,स्थानिय पाठ्यक्रम निर्माण,प्रयोग र एकरुपता कायम गर्न र माध्यामिक तहमा एक विद्यालय एक प्राविधिक कार्यक्रम सञ्चालन गर्न ध्यानाकर्षण गराइएको छ ।


नगर प्रमुख बासुदेव अधिकारीको कार्यकक्षमा पुगेको एकिकृत अखिल नेपाल शिक्षक संगठन लालबन्दी नगर कमिटिले नगर स्रोतबाट शिक्षकको व्यावस्था,प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाका लागि कम्प्युटर,फोटोकापी तथा प्रिन्टर मेसिन तथा विद्युत सेवा विस्तार गर्न,विद्यालय सेवा क्षेत्र निर्धारण गरी कार्यन्वयन गर्न,शैक्षिककार्य पात्रो बनाई नगर भित्रको शैक्षिक गतिविधिमा एकरुपता ल्याउन,शैक्षिक नगर भवनको व्यावस्था,जनज्योती माविलाई उच्च शिक्षा कार्यक्रम सञ्चालन गरी उच्च शिक्षाको कार्यक्रम सञ्चालन गर्न,शिक्षा क्षेत्रको वार्षिक बजेटको पारदर्शीता, नगरको दुर्गम स्थानमा रहेका विद्यालउहरुमा कार्यरत शिक्षकहरु र कर्माचारीहरुका लागि थप प्रोत्साहनको व्यावस्था र नीयमानुसार शिक्षक दरबन्दी मिलन र प्रधानाध्यापकको उचित व्यावस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech