एमाले सिन्धुलीले“पुराना जगाउँ,नयाँ बढाऊँ”अभियान सुरु गर्ने

306 Shares

नेकपा(एमाले)सिन्धुलीले मंगलबारबाट जिल्लामा“पुराना जगाउँ,नयाँ बढाऊँ”अभियानको सुरु गर्ने भएको छ ।सिन्धुलीका नौं वटै स्थानीय तहहरुका ८० वडामा सञ्चालन हुने गरी अभियानको औपचारिक थालनी गरिने नेकपा(एमाले) सिन्धुलीका इन्चार्ज मनोज जंग थापाले जानकारी दिए ।उनका अनुसार एमालेको विधानको धारा ७० बमोजिम नियमित बैठक आयोजना गर्ने,कम्तिमा तीन महिनामा जिल्ला कमिटिको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रुपमा बैठक राखिने र टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने तयारी भएको हो ।
अभियानका क्रममा सदस्यता नविकरण र विस्तार,पार्टी भित्रको अन्तरविरोध समाधान तथा व्यवस्थापन,स्थानीय अधिवेशनहरु,“जनतासँग जनसंगठन,युवा नेतृत्व विकासको काम”सँग पार्टी अभियान,वैचारिक तथा राजनैतिक काम,साइवर हमलाको प्रतिवाद,विकास निर्माण र जनसरोकारका  रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लगिने एमाले सिन्धुलीका नेता रामकुमार कार्कीले बताए ।उनले एमालेका विरुद्ध भएको श्रंखलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने विषेश योजना समेत बनाउने जानकारी दिए ।

सम्बन्धित समाचार