सर्लाहीका १३ वटा सामुदायिक वनहरुको स्थलगत अनुगमन

895 Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीका १३ वटा सामुदायिक वनहरुको स्थलगत अनुगमन गरिएको छ । जिल्लाका सामुदायिक वनहरुमा हुने गरेको चोरी तस्करीलाई मध्य नजर गर्दै स्थलगत अनुगमन गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत  मन्जुर अहमद्ले जानकारी दिनुभयो ।
उहाँका अनुसार  ८४ वटा सामुदायिक वन रहेको जिल्लामा १३ वटा दुर्गम स्थानका सामुदायिक वनहरुका साथै सामुदायिक वन उपभोक्ता समुहहरुको वस्तुगत अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरिएको हो ।
जिल्लाको दुर्गम मानिने लालबन्दी नगरपालिका १५ र १६ का साथै इश्वरपुर नगरपालिका १२ र बागमती नगरपालिका १ का विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरुका काठको घाटगद्दी,काठको अवस्था,सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तथा पदाधिकारीहरुसंग छलफल,सामुदायिक वन उपभोक्ता समुहको वस्तुगत अवस्था,उपभोक्ताहरुलाई काठ वितरणको अवस्था,सामुदायिक वन उपभोक्ता समुहले प्यान लिए÷नलिएको लगायतका विषयमा अनुगमन गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा रहेका ८४ वटा सामुदायिक वन उपभोक्ता समुहहरुमा प्राय समुहहरुले वार्षिक साधारण सभा नगर्ने,कार्ययोजना नबनाउने,साधारण सभा नगर्ने,लेखापरिक्षण नगर्ने र उपभोक्तासंग मिलेर वनजन्य पर्दाथहरुको चोरी तस्करी गर्ने गरेको स्थानीयबाट गुनासो आएपछि डिभिजन वन कार्यालयले सामुदायिक वनहरुको स्थलगत अनुगमन गरेको हो ।
जिल्लामा ८४ वटा सामुदायिक वनहरु,तीनवटा साझेदारी वन,तीन वटा धार्मिक  वन र १९ वटा कवुलियती वन रहेका छन् । जिल्लामा रहेका ८४ वटा सामुदायिकहरु मध्य १५ वटा सामुदायिक वनहरुको नविकरण,वार्षिक कार्ययोजना,लेखा परिक्षण र साधारण सभा तथा प्यान लिने काम सकिएको डिभिजन वन अधिकृत मन्जुरले बताउनु भयो ।
यता,डिभिजन वन अधिकृत मन्जुर जिल्लामा आएदेखि  नै पहिलाको तुलनामा वनजन्य पदार्थहरुको चोरी तस्करी घटेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।त्यस्तै, जिल्लाका विभिन्न सामुदायिक वनहरुका साथै साझेदारी वनहरुबाट विभिन्न समयमा निस्केका काठहरु धमाधम स्थानीय उपभोक्ताहरुलाई वितरण गरिएको छ भने स्थानीय उपभोक्तालाई वितरण गरेर बाँकी रहेको काठ लिलाम विक्रि पनि भई रहेको सुचना अधिकारी दासले बताउनु भयो ।
डिभिजन वन कार्यालय सर्लाही मातहत छ वटा सव डिभिजन वन कार्यालयहरु रहेका छन् भने विगत करिब तीन वर्षदेखि काठ वितरण गरिएको थिएन् । जसका कारण हाइटेसन लाईनका साथै जंगलमा लडेका काठहरु निकाल्न नपाउँदा कुहीन थालेका थिए ।

सम्बन्धित समाचार