गणेश खड्का
सर्लाहीको ईश्वरपुर नगरपालिकाले मंगलबारबाट अल्ट्रासाउण्ड अर्थात् भिडियो–एक्सरे सेवा सुरु गरेको छ ।नगरपालिकाले स्वास्थ्य सेवा विभागसँग समन्वय गरी नगर अस्पताल बयलवासमा अल्ट्रासाउण्ड अर्थात् भिडियो–एक्सरे सेवा सुरु गरेको इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आर्चायले जानकारी दिए ।
उनका अनुसार नगर अस्पतालमै सर्वसुलभ रुपमा अल्ट्रासाउण्ड अर्थात् भिडियो–एक्सरे सेवा सुरु भएपछि स्थानीय स्तरका गर्भवती महिलाहरुले सहज रुपमा सेवा पाउने छन् । अल्ट्रासाउण्ड अर्थात् भिडियो–एक्सरे सेवाको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख आचार्य र उप प्रमुख रन्जिता देवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नगर अस्पतालमा रहेको अल्ट्रासाउण्ड अर्थात् भिडियो–एक्सरे मेसिन समय–समयमा भक्तिपुर,गौरीशंकर,बेला र कालिन्जोरमा रहेका बर्थिङ सेन्टरहरुमा समेत पठाएर त्यहाँका गर्भवती महिलाहरुको गर्भ चेकजाँच गरिने अल्ट्रासाउण्ड अर्थात् भिडियो–एक्सरे सेवा उद्धघाटन कार्यक्रममा नगर प्रमुख आचार्यले बताए ।
जनप्रतिनिधि हुनु अघिदेखि नै सामाजिक काममा सक्रिय रहेका आचार्यले निर्वाचित भएदेखि नगरको स्वास्थ्य,शिक्षाका साथै नगरबासीहरुको दैनिकीमा आईपर्ने समस्याहरुमा पनि मल्हमको काम गरी रहेका छन् ।