Close This

लालबन्दीबाट २० किलो गाँजासहित दुई जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२७ गते   ३३२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका–१०, चन्द्रपुरबाट २० किलो गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका–२, का ५० वर्षीय सुरेश पासवान र लालबन्दी नगरपालिका–८, का २८ वर्षीय रवीन्द्र लामा पक्राउ परेका हुन । 
गस्तीमा निस्केको ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले सोमबार राती करिब १० बजे चन्द्रपुरस्थित चउरबाट पासवान र लामालाई गाँजासहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिनु भयो ।
बोराभित्र गम्छाले बाँधेर गाँजा लिएर हिँड्दै गर्दा पक्राउ परेका दुवैलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक थापाले बताउनु भयोे । लालबन्दी प्रहरीले नवलपुरस्थित लखन्देही खोला क्षेत्र, पत्थरकोट, जियाजोर, नारायणखोला लगायतका ठाउँहरुबाट पटक–पटक प्रतिवन्धित लागूऔषध गाँजा बरामद गरिरहेको छ ।
अहिलेसम्म कानुनी रुपमा प्रतिवन्ध नै भएपनि यसै नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नं. १४, नारायणखोलामा किनबेच गर्ने हिसाबले गाँजाको खेती हुने गरेको छ । गत वर्ष प्रहरीले त्यस क्षेत्रमा गाँजा फडानी गर्ने अभियान नै चलाएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech