सर्लाहीका आधा दर्जन क्रसर उद्योग बन्द,मन्त्री नेता कोही केही नचिन्ने समितिको उद्घोष

524 Shares

सर्लाहीको इश्वरपुर,हरिपुर र बागमती नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित आधा दर्जन क्रसर उद्योगहरु वन्द गर्न जिल्लास्तरिय अनुगमन उप समिति सर्लाहीले निर्देशन दिएको छ। सर्लाहीको इश्वरपुर नगरपालिका ५ मा सञ्चालित फूलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग र इश्वरपुर नगरपालिका ५ फुलजोरमा सञ्चालित शुुभम एग्रिगेट इण्डष्टिूज,हरिपुर नगरपालिका ८ मा सञ्चालित सिद्धि विनायक एग्रिगेट इण्डष्ट्रिज,हरिपुर नगरपालिका ५ मा सञ्चालित राजदेवी माई बालुवा गिट्टी ढुंगा वासिङ्ग प्रा.लि.,बागमती नगरपालिका ४ का सञ्चालित हरे कृष्ण इन्फा इन्डष्ट्रिज प्रा.लि.का साथै बागमती नगरपालिका ६ स्थित चन्दनघाटमा अवैध रुपमा सञ्चालित मोवाइल क्रसर बन्द गरिएको जिल्लास्तरिय अनुुगमन उप समितिका संयोजक एवम जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुमार महतोले जानकारी दिए ।उनका अनुसार इश्वरपुर,हरिपुर र बागमती नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित आधा दर्जन क्रसर उद्योगहरु सञ्चालित स्थलमा पुगेर उद्योगका सञ्चालक तथा प्रतिनिधिहरुलाई पत्र दिएर तत्काल उद्योग बन्द गरिएको हो ।
क्रसर उद्योगहरुको अनुुगमन गर्दा “ढुंगा,गिट्टी,बालुवा उत्खनन्,बिक्री तथा व्यवस्थापन सम्वन्धि मापदण्ड(पहिलो संशोधन सहित) २०७९” विपरित रहेका पाइएकाले उद्योग पुर्ण रुपमा बन्द गरी उद्योग परिसरमा संकलन गरिएको तयारी तथा संकलीत नदीजन्य पदार्थ समेत निकासी पैठारीका लागि रोक लगाईएको जिल्लास्तरिय अनुुगमन उपसमितिका संयोजक एवम जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख महतोले बताए ।
जिल्लास्तरिय अनुुगमन उपसमितिका संयोजक एवम जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख जितेन्द्र कुमार महतोको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे र  नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहितको टोलीले क्रसर उद्योगहरुको स्थलगत निरीक्षण गरेर “ढुंगा,गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्वन्धि मापदण्ड २०७७”विपरित सञ्चालित क्रसर उद्योगहरुलाई पुर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सूचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
उनका अनुसार जिल्लास्तरिय अनुुगमन समितिका पदाधिकारीले अनुुगमन गरी लालबन्दी नगरपालिका १७ रानिगन्ज स्थित सञ्चालित प्रिन्स क्रसर उद्योगका साथै बागमती नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित दुुईवटा क्रसर उद्योगलाई मापदण्ड विपरीत रहेको भन्दै बन्द गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय गौरबको आयोजनाको नाममा जिल्लाका विभिन्न स्थानमा अवैध तरिकाबाट सञ्चालित क्रसर उद्योगहरुले मापदण्ड विपरितकाम गरेका भन्दै पटक पटक स्थानीयस्तरबाट गुनासो आएपछि तातेको जिल्लास्तरिय अनुगमन समिति र उप समितिले लगातार मापदण्ड विपरित क्रसर उद्योगहरुको निगरानी बढाएको जिल्लास्तरिय अनुुगमन उपसमितिका संयोजक एवम जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख महतोले बताए ।
कुनै पनि निकायमा दर्ता नै नगरी ट्याक्टरमा क्रसर जडान गरेर गिट्टी बालुवा तयार पार्ने र अवैद्य ढङ्गले नदीजन्य पदार्थको उत्खनन् गर्ने मोवाईल क्रसरहरुका साथै मापदण्ड विपरित स्थापना गरि सञ्चालित क्रसर उद्योगहरुमाथि निरन्तर अनुगमन र नियमनको काम सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।अनुुगमन टोलीले ट्याक्टरमा जडान गरेर यताउता हिँडाउन मिल्ने क्रसर एक थान,ट्याक्टर तीन थान र स्काभेटर एक थान बरामद समेत गरेको छ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,उपप्रमुख महतो,प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रवीन्द्र बहादुर सिंह,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र  प्रहरी उपरीक्षक विनोद राज खनाल सहितको टोली क्रसर उद्योगको अनुुगमनमा  निस्केको हो ।अवैध उद्योगलाई सञ्चालन हुुन नदिन नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी बिजुली काट्ने लगायतका काम समेत गरिएको जिल्लास्तरिय अनुुगमन उपसमितिका संयोजक एवम जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख महतोले बताए ।
उद्योगलाई समितिले बुझाइएको पत्रमा के छ ?
“ढुङ्गा,गिट्टी,बालवा उत्खनन,बिक्री तथा व्यवस्थापन सम्बन्धी(पहिलो संशोधन) मापदण्ड,२०७९”को दफा ११(१) र दफा ११ (४) ले तोकेका मापदण्डहरुका साथै व्यवस्थाको उल्लंघन गरेको पाइएकोले तोकिएका मापदण्ड पूरा गरेर जिल्ला अनुगमन समितिलाई जानकारी गराई समितिबाट स्वीकृति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिईएको छ।निर्देशनको अवज्ञा गरेको पाइए विद्युत लाइन काट्ने, सामान जफत गर्ने लगायतका कारवाही भई जाने व्यहोरा समेत सूचित गरिन्छ ।”
जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय सबै गाउँपालिका तथा नगरपालिका जिल्ला प्रहरी कार्यालय, मलंगवा, सर्लाही,सशस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा.गण सर्लाहीलाई बोधार्थ लेखि बुझाएको पत्रमा न्यूनतम मापदण्ड पूरा नगरेसम्मका लागि क्रसर उद्योग बन्द गरिएकोले सन्चालन गरेको पाइए कारवाही भर्न समेत भनिएको छ ।
मापदण्डमा व्यवस्था के छ ?
“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”अनुसार क्रसर संचालन गर्न दूरीको हिसाबले मापदण्ड निर्धारण गरेको छ।सो मापदण्ड अनुसार राजमार्गको राइट अफ वे बाट पाँच सय मिटर,खोला वा नदी किनारवाट पाँच सय मिटर,शिक्षण संस्था, स्वास्थ संस्था,धार्मिक,सांस्कृतिक,पुरातात्विक महत्वका स्थान तथा सुरक्षा निकायबाट दुई मिलोमिटर,पक्की पुलबाट पाँच सय मिटर,अन्तर्राष्ट्रिय सिमाबाट दुई किलोमिटर, वन, निकुञ्ज तथा आरक्षबाट दुई मिलोमिटर,घना बस्तीबाट दुई किलोमिटर,हाइटेन्सन लाइनवाट दुई सय मिटर,ऐतिहासिक ताल, तलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर,चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर दूरीको मापदण्ड कायम गरेको छ ।
सर्वोच्च अदालतले“ढुंङ,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संसोधन)मापदण्ड २०७८”स्वीकृत गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको दर्ता नं. १९÷२(०३९÷१÷४ को प्रस्ताव मन्त्री परिषद् बैठक स.१÷२०७९ मिति २०७९÷१÷१३ को मन्त्रिपरिषदको बैठकमा पेश वा मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा छलफल गरी पेशा गर्ने निर्णयलाई बदर गरि “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७” नै कायम गरेको हो ।“ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा रहेको अनुगमन सम्बन्धी व्यवस्था,क्रसर उद्योगको लागि निर्धारित दूरीसम्बन्धी मापदण्ड,केन्द्रीय तहमा समन्वय संयन्त्रको व्यवस्थाल गायतका अन्य सान्दर्भिक विषयहरूमा समसामयिक संशोधन गर्न वाञ्छनीय भएकोले नेपाल सरकारले सो मापदण्ड बनाएको हो ।
जसमा“प्राविधिक टोली गठन सम्बन्धी व्यवस्था जिल्ला विपद् व्यवस्थापन समितिले तोके बमोजिम हुने,“घना बस्ती र वन क्षेत्रको दुई किलोमिटर,राजमार्गको पाँच सय मिटर दूरी भित्रको नदी”भन्ने वाक्यांश हटाइएको छ।मापदण्डको दफा ४ को उपदफा (१३ क) मा गाउँपालिका वा नगरपालिकाले नदीजन्य पदार्थको संकलनका लागि नदीको धारमा परिवर्तन नहुने व्यवस्था मिलाई ड्याम वा तटबन्ध निर्माण गरी उन्नत प्रविधिको प्रयोगद्वारा रिभर माइनिङ गरी बालुवा प्रशोधन र बिक्री गर्ने कार्य सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्न सक्ने र १३ (ख)मा  आवश्यक अन्य व्यावस्था जिल्ला अनुगमन समितिले तोके बमोजिम हुनेछ।” भनिएको छ ।
“मापदण्डमा अन्यत्र जुनसकै कुरा लेखिएको भए तापनि प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने छैन,बेमौसमी वर्षाका कारणले खोला वा नदीको बहाव औसत तहभन्दा बढी भएमा जिल्ला विपद् व्यवस्थापन समितिले उपदफा (१६) मा उल्लेख भएको अवधिभन्दा १५ दिन अघि वा पछिसम्मको अवधिमा उत्खनन् कार्यलाई निषेध गर्न सक्नेछ।“ढुंङ्गा,गिट्टी,बालुवा जस्ता साधारण निर्माणमूखी वस्तुहरुको उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी नीतिगत निर्देशन,समन्वय एवम सहजीकरणका लागि केन्द्रीय समन्वय तथा सहजीकरण समिति रहनेछ ।”
जुन समितिमा“संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवहरुका साथै खानी तथा भूगर्भ विभागका महानिर्देशक,सम्बन्धित प्रदेशको वातावरण हेर्ने मन्त्रालयका प्रदेश सचिव, योजना तथा विकास सहायता समन्वय महाशाखाका सह सचिव र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सम्मीलित समिति गठन हुने“ढुंङग,गिट्टी,बालुवा उत्खनन्, बिक्रि तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”मा व्यावस्था रहेको छ तर सर्लाहीका कुनैपनि क्रसर उद्योगहरुले यस प्रकारको मापदण्ड पुरा गरेका छैनन्,भने सरोकारवाला निकाय मौन देखिएको थियो।जिल्लाका कुनैपनि खोलाहरुमा नदीजन्य पदार्थको उत्खनन्, निकासी तथा पैठारीको ठेक्का लागेपनि तीनै क्रसर उद्योगहरुले नदीजन्य पदार्थ लिने गरेका छन्।चुरे संरक्षित क्षेत्र अन्र्तगत रहेका ३६ वटा जिल्लाहरुमा सर्लाही समेत पर्ने गरेको भएपनि मापदण्डलाई लत्याउँदै क्रसर माफियाहरु र पर्यावरण विरोधीहरुले आफुखुसी सरोकारवाला निकायलाई आर्थिक प्रभावका साथै राजनैतिक दवावमा पारेर आफ्नो धन्दा चलाई रहेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को घ(६)को व्यावस्था,मधेश प्रदेश सरकारको आर्थिक ऐन २०७९ को दफा ७ “ढुंङ्गा,गिट्टी,बालुवा उत्खनन्,बिक्रि तथा व्यावस्थापन सम्बन्धी(पहिलो संशोधन) मापदण्ड २०७९” मा तोकिएको मापदण्डको धज्जी उडाउँदै जिल्लाका सञ्चालित क्रसर उद्योगहरु सञ्चालनमा रहेका छन्।सर्लाहीका विभिन्न स्थानहरुमा करिब २१ वटा क्रसर उद्योगहरु सञ्चालनमा रहेका छन् भने कुनैपनि क्रसर उद्योगले राज्यले तोकेको मापदण्ड तथा प्रचलित नीति नियमहरुको पालना नगरेका पाइएको छ।जिल्लामा पुर्व सांसद एवम मन्त्री देखि विभिन्न पार्टीका नेताहरुले राजनैतिक आडमा अवैध तरिकाले क्रसर उद्योगहरु सञ्चालन गरेका र पटक पटक अनुगमन भएको भएपनि बन्द गर्न निर्देशन हुने तर राजनैतिक आडमा पुन सञ्चालनमा आउँदै गरेका क्रसर उद्योगहरु यस पटक पुर्ण रुपमा बन्द नै हुन्छन् की केही दिनमा फेरी सञ्चालनमा आउँछन् भन्ने हेर्न बाँकी रहेको जानकारहरु बताउँछन्। उनीहरुका अनुसार क्रसर व्यवासयीहरुले जिल्लाका सरोकारवाला निकायलाई ठूलो आर्थिक प्रलोभनमा पारेर अवैध तरिकाबाट क्रसर उद्योगहरु सञ्चालन गरि रहने गरेका पाइएको छ ।
यता,यस अघि सामान्य मानिसहरुले सञ्चालन गरेका क्रसर उद्योग बन्द गर्ने जिल्लास्तरिय अनुगमन समितिले यस पटक भने पुर्व सांसद एवम मन्त्री एवम नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठले इश्वरपुर नगरपालिका ५ स्थित सागरनाथ वन परियोजना क्षेत्रमा सञ्चालन गरेको शुुभम एग्रिगेट इण्डष्ट्रिज बन्द गराएको छ भने नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले बसबरियामा विद्यालय नजिकै सञ्चालन गरेको क्रसर उद्योग समेत बन्द गर्ने घोषणा गरेको छ ।

सम्बन्धित समाचार