Close This

आज र भोली उपत्यका बाहिर जान दिने निर्णय रद्द

पत्र पत्रिका    प्रकाशित: २०७६-१२-२७ गते   ४०८ पटक हेरिएको

सरकारले गरेको लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई आज र भोली उपत्यका बाहिर जान दिने निर्णय रद्द भएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्री राम बहादुर थापा लगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो । 
यसअघि बिहीबार सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर समाचारहरु सार्वजनिक भएका थिए । 

‘छलफल मात्र भएको हो । निर्णय भएको होइन । अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको रक्षा मन्त्री पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech