बागमती १ मिलनचाेकमा अज्ञात समुहद्वारा गाेलि प्रहार

1.4k Shares

सर्लाहीकाे बागमती नगरपालिका १, मिलनचाेकमा एक सहकारीकर्मी माथि गाेलि प्रहार भएकाे छ । बागमती नगरपालिका १ मिलनचाेक स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाकाे सेवा केन्द्रका प्रमुखमाथि एक अज्ञात समूहले गाेली प्रहार गरेकाे प्रहरीले जनाएको छ ।
अज्ञात समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि ४ राउण्ड गाेली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधबार बिहान करिब साँढे १० बजे  ३ जनाकाे समूहमा आएका अज्ञात समुहले सेवा केन्द्रकाे कार्यालय भित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए । प्रतिकार गरे लगतै अज्ञात समूहले आफूमाथि ४ गाेली प्रहार गरेकाे घाईते कार्कीले बताएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलले जानकारी दिए । उनका अनुसार गाेली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटकाे एउटै माेटरसाईकलमा चढेर दक्षिणतर्फ भागेका छन् । अज्ञात समूहले रकम लुटेर लगे कि लगेनन् भन्ने कुरा एकिन भईनसकेकाे सगुन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशव ढकालले जानकारी दिए ।
सेवा केन्द्रका प्रमुख कार्कीको तिघ्रा, कुम, ढाड र काेखामा गाेली लागेकाे र  घाईते कार्कीकाे हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि भर्खरै एम्बुलेन्समा काठमाडाैं पठाईएकाे ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । 
हेलिकप्टर मगाईएपनि कुनै खाली नभएकाले एम्बुलेन्समै पठाईएकाे प्रहरीले जनाएको छ। लालबन्दी नगरपालिका २ जुटपानी निवासी कार्कीलाई ४ गाेली लागेपनि शरिरकाे संवेदनशिल भागमा नपरेकाले धेरै खतरा नदेखिएकाे र उनि बाेलिरहेका ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक मुकेश ताम्राकारले बताए  ।

सम्बन्धित समाचार