काठ चोरीमा स.डि.व.का मुर्तियाका प्रमुख यादव र बागमती ९ का वडा अध्यक्ष रायको मिलेमतो रहेको आशंका

666 Shares

सर्लाहीको बागमती नगरपालिका ९ का वडा अध्यक्ष र वन कार्यालयका कर्माचारीहरुको मिलेमतोमा सो क्षेत्रमा काठ चोरी तस्करी हुने गरेको रहस्य बाहिरिएको छ।बागमती नगरपालिका ९ का वडा अध्यक्ष दिनेश राय(दरेश) र सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख एवम सहायक वन अधिकृत चन्द्र प्रकाश यादव(सिपी)को मिलेमतोमा सव डिभिजन वन कार्यालय मुर्तिया क्षेत्रका सामुदायिक वनहरुबाट काठ चोरी तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
बागमती नगरपालिका ९ का वडा अध्यक्ष रायको घरमा शंकास्पद अवस्थामा सालका काठहरु रहेको भन्ने विशेष सूचनाका आधारमा असार १४ गते शुक्रबार दिउँसो करिब ४ बजे बागमती नगरपालिका ९ पुगेको टोलीले २० थान तयारी झ्याल,चार वटा चौकोट र काठ चिरान गर्ने मेसिन फेला पारेको तर सो काठको कुनै विल विजक फेला नपरेपछि बागमती नगरपालिका ९ का वडा अध्यक्ष राय र सव डिभिजन वन कार्यालय मुर्तियाका  प्रमुख एवम सहायक वन अधिकृत यादवको मिलेमतोमा सव डिभिजन वन कार्यालय मुर्तिया क्षेत्रका सामुदायिक वनहरुबाट काठ चोरी तस्करी हुने गरेको रहस्य बाहिरिएको हो ।
घटनास्थलमा पुगेको सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख एवम सहायक वन अधिकृत यादवले मुचुल्का बनाएर काठ तथा मेसिन त्यँही छाडेपछि उनको मिलेमतोमा सव डिभिजन वन कार्यालय मुर्तिया क्षेत्रका सामुदायिक वनहरुबाट काठ चोरी तस्करी हुने गरेको पाइएको हो ।
घटनास्थलमा २० वटा झ्याल,चार वटा चौकोश र एउटा काठ चिरान तथा कटान गर्ने मेसिन समेत फेला पर्नु,सो वखत बरामद् भएको काठ तथा मेसिन नियन्त्रणमा नलिनु पछि फेरी काठ तथा मेसिन लिन जाँदा २०८१ असार १३ गतेको मितिमा स्थानीय उपेन्द्र साहले बरहथवा नगरपालिका ५ मा सञ्चालन गरेको कृष्ण सःमिलको भ्याट विल फेला पर्नुले सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख एवम सहायक वन अधिकृत यादव समेतको मिलेमतोमा बागमती नगरपालिका ९ का वडा अध्यक्ष रायले काठ चोरी तस्करी गर्ने गरेका रहस्य बाहिरिएको हो ।
घटनास्थलमा वन कार्यालय सहित सुरक्षा अधिकारीहरु पुग्दा घरधनी फरार हुनु,घटनास्थलमा मुचुल्का तयार पार्दा स्थानीयको रोहबर नराख्नु,बरामद् भएको सामान नियन्त्रणमा नलिनु,मेसिन हटाएर त्यो ठाउँमा सरसफाई गर्न लगाउनु र डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीबाट काठ लगायत बरामद् भएको आवश्यक सामान उठाउन निर्देशन दिएपछि काठ सहित आवश्यक सामान उठाउन जानु,दिउँसो ४ बजे स्थलगत गर्दा कुनै कागजात फेला नपर्नु तर पछि डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीबाट निर्देशन आई घटनास्थलमा पुग्दा कृष्ण सःमिल बरहथवा नगरपालिका ५ को भ्याट विल वडा अध्यक्ष रायले आफ्ना दाजु नरेश रायको नाममा बनाएको फेला पर्नुले सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख एवम सहायक वन अधिकृत यादव समेतको मिलेमतोमा बागमती नगरपालिका ९ का वडा अध्यक्ष रायले काठ चोरी तस्करी गर्ने गरेका पाइएको हो ।
वडा अध्यक्ष रायले आफुलाई समस्या पर्ने भएपछि आफ्ना दाजु नरेशको घरमा काठ लुकाउनु र आफ्नो पद जोगाउन कसरी सकिन्छ त्यसरी लाग्नु पर्यो भनी सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख एवम साहायक वन अधिकृत यादवसंग पटक पटक कुरा गर्नुले उनीहरुको मिलेमतोमा सो काम भएको स्थानीय बताउँछन् ।यता,साहले सञ्चालन गरेको कृष्ण सःमिल बरहथवा नगरपालिका ५ बाट वडा अध्यक्ष रायले पटक पटक गरी चार वटा भ्याट विल लगेका तर काठ नलगेका,यस पटक पनि रुनै लागेपछि गाउँ घरको मान्छे हो काम लाग्छ भनेर भ्याट विल दिएको कृष्ण सःमिलका सञ्चालक साहले स्वीकार गर्नुले सो काठ चोरी तस्करीको काठ रहेको स्थानीय बताउँछन् ।
वडा अध्यक्ष रायले नयाँरोड बरहथवा सडक खण्ड अन्र्तगत पर्ने सडकको पुर्व तर्फको सामुदायिक वन क्षेत्रबाट स्थानीय मठ तथा धर्मशाला र स्वास्थ्य चौकीको नाममा काठ ल्याउने र रातीको समयमा आफ्नो  घरमा लगि चिरान गरी झ्याल,ढोका र पलङ बनाएर अन्यन्त्र विक्रि गर्ने गरेका,जय हनुमान सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष हुँदा वडा अध्यक्ष रायले सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख यादवसंग मिलेर १० लाखको वृक्षरोपण गर्ने भनी आर्थिक अनियमितता गरेका,बरामद् भएको काठ तथा मेसिन गैर कानुनी(अवैध) रहेको,आन्तरिक सल्लाह गरेर समस्या मिलाउन भन्दै सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख यादवसंग पटक पटक कुरा हुनु र सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख यादवले आफ्नो करिब दुई वर्ष बाँकी रहेको जागिर यो विषय बाहिरिए धरापमा पर्ने बताउनुले उनीहरु दुवै जनाको मिलोमतोमा काठ चोरी तस्करी हुने गरेको पाइएको हो।वडा अध्यक्ष राय २० वर्ष भन्दा बढी समय जय हनुमान सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष भएर काम समेत गरेका थिए ।
त्यस्तै,सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख एवम सहायक वन अधिकृत यादवले आफ्नो क्षेत्रका सःमिलहरुका साथै काठको कारोवार गर्नेहरुसंग चर्काे कमिसन असुल्ने गरेका समेत स्रोतको दाबी छ,तर वडा अध्यक्ष रायले आफुमाथि राजनिति भएको बताएका छन् ।यता,सव डिभिजन वन कार्यालय मुर्तियाका प्रमुख एवम सहायक वन अधिकृत यादवले बदमासी गरेका शंका गरिएको डिभिजन वन कार्यालय  लालबन्दी,सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले बताए ।

सम्बन्धित समाचार