सर्लाहीको लालबन्दी नगरपालिका ४ हरिभवनमा स्थित रहेको शिशु कल्याण जनता मा.वि.मा अध्यायनरत ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।लालबन्दी नगरपालिका ४ हरिभवनमा स्थित रहेको शिशु कल्याण जनता मा.वि.मा अध्यायनरत ३३ जना विद्यार्थीहरुलार्ई विभिन्न दाताहरुले स्थापना गरेका कोषबाट छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नरहरि धामीले जानकारी दिए ।उनका अनुसार दाताहरुले आफ्ना दिवंगत सदस्यको नाममा स्थापना गरेको अक्षयकोषबाट ३३ जना विद्यार्थीलाई रु एक लाख चार हजार बराबरको छात्रावृत्ति प्रदान गरिएको हो ।
स्व.कर्णबहादुर थापा तथा स्व.टीकाकुमारी थापा स्मृति प्रतिष्ठानले नगद रु १९ हजार,स्व.बोधराज दाहाल,होमकुमारी,पदम कुमारी,हरिमाया,हरिप्रसाद,चित्रकुमारी र पद्मकुमारी दाहाल स्मृति प्रतिष्ठानले नगद रु १८ हजार,स्व.सरयूग चौधरी तथा पनिया देवी चौधरी स्मृति प्रतिष्ठानले रु १७ हजार,स्व.दिनानाथ दुलाल तथा मानकुमारी दुलाल प्रतिष्ष्ठानले रु आठ हजार,वुद्धिमान,सिद्धिमान र धनमानबाट रु सात हजार,स्व.इपकुमारी कार्की स्मृति प्रतिष्ठानबाट रु आठ हजार,नरबहादुर श्रेष्ठ तथा धनमाया श्रेष्ठबाट रु १४ हजार,स्व.मानसिंह थापा र पवित्रा प्रतिष्ठानबाट रु ११ हजार र स्व.राजकुमार सिंह हमाल प्रतिष्ठानबाट रु १२ हजार गरी रु एक लाख चार हजार नगद विद्यालयलाई प्राप्त भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीको अध्यक्षता तथा लालबन्दी नगरपालिका ४ का वडाध्यक्ष सत्यनारायण चौधरी(शशि)को प्रमुख आतिथ्यतामा दाताहरुसहितको उपस्थितिमा विद्यार्थीलाई नगद छात्रावृत्ति र प्रमाण–पत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।