Close This

नारायण खोलाबासीलाई बर्खामा सधै सास्ती,विकासको नामका सिन्को नभाँचेको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१८ गते   २५२२ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोलामा पुल निर्माण नहुदा सो क्षेत्रका स्थानियले वर्षायाममा सास्ति भोग्दै आएका छन । लालबन्दी नगरपालिकाको सिङ्गो एउटा वडा वर्षायाममा नगरपालिकाका सदरमुकाम लालबन्दीसंग सम्बन्ध विच्छेद हुनुपर्ने बाध्याता रहेको छ । 
वर्षायाममा नारायण खोलामा बाढी आउदा सोक्षेत्रका नागरीकहरु दैनिक उपभोग्य सामान लिन तथा  हाटबजार गर्नजान समेत बञ्चीत हुने गरेको स्थानिय चन्द्र वाईवाले बताउनु भयो ।
स्थानिय निकायको संरचना भएको चार वर्ष भईसक्दा पनि सोक्षेत्रमा विकास निर्माणको नाममा कुनै पनि काम नभएको भन्दै स्थानियबासीले गुनासो गरेका छन् । “गाउँ गाउँमा सिंह दरवार आयो अब केही होला भन्ने सोचेका थियौँ तर सोचे अनुसार गाउँ गाउँमा सिंह दरवार आयो, सिंहहरु पनि आए तर विकासको नाममा सिन्को भाँची काम गरेनन् ”स्थानिय रवि तामाङले गुनासोगर्नु  भयो ।
खोलामा पुल छैन,बाढी आएपछि आफ्नै नगरपालिका जानपनि समस्या छ , हाटबजार जानआउन, विद्यार्थीहरुलाई विद्यालय जान आउन, गाउामा विामी हुँदा उपचार गर्न जाउन आउन समेत समस्या हुने गरेको स्थानिय छेनाम सिंह लामाले बताउनु भयोे ।
खोलामा बाढीका कारण सवारी साधन चलाउन समेत समस्या हुने गरेको छ । एम्बुलेन्स समेत आउजाउ गर्न सक्दैन । बाइक, अटो, टेम्पो , इ रिक्सा आउजाउ नहुदा स्थानिय जोखिम मोलेर ट्याक्टरमा भएपनि खोला तर्न बाध्य भएका छन् ।
यता, लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष सुवाई सिंह ब्लोनले वडाको अति आवश्यक विकास निर्माणको काम गर्न आफुहरु पुर्ण रुपमा लागि परेको बताउनु भयो ।  उहाँका अनुसार पुल तथा बाटो निर्माण र विद्युत तथा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकतामा पारेर विकासको काम गर्न बजेटको व्यावस्था गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech