बरहथवा १६ बाट १० किलो गाँजा सहित दुई जना पक्राउ

370 Shares

सर्लाहीको बरहथवा नगरपालिका १६ गंगापुरबाट करिब १० किलो प्रतिवन्धित लागु औषध गाँजा सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।इलाका प्रहरी कार्यालय मुर्तियाबाट खटिएको प्रहरीको टोलीले बरहथवा नगरपालिका १६ गंगापुरस्थित नहरको चौबाटोबाट करिब १० किलो प्रतिवन्धित लागु औषध गाँजा सहित दुई जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बरहथवा नगरपालिका १६ गंगापुरस्थित नहरको चौबाटोमा मोटरसाईकलमा आएका दुई जनालाई प्रहरीलाई देख्ना साथ मोटरसाईकल मोडेर भागेपनि प्रहरीले पिछा गर्दै जाँदा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ८ पांचतले बस्ने अन्दाजी वर्ष २९ का वाङ दोर्जे थिङ र सर्लाहीको हरिवन नगरपालिका ४ तिनघरे बस्ने अन्दाजी वर्ष ३० का सागर लामा र उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२ ०२१ प २४४४ नम्बरको मोटरसाईकल सहित करिब १० किलो प्रतिवन्धित लागु औषध गाँजा नियन्त्रणमा लिएको हो।
प्रतिवन्धित लागु औषध गाँजा सहित नियन्त्रणमा लिएका दुवै जना र मोटसाईकल ईलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।सिन्धुलीको हरिहरपुरगढी र मरिण क्षेत्रका साथै सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको प्रतिवन्धित लागु औषध गाँजा सर्लाहीका विभिन्न सडक खण्डहरुको प्रयोग गर्दै छिमेकी देश भारत सम्म पुर्याउने गरीएको पाइएको छ ।

सम्बन्धित समाचार