सशस्त्र प्रहरी नेपालको २२ औँ दिवसका अवसरमा शनिबार सर्लाहीमा रक्तदान कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा.गण कविलासीमा रक्तदान २२ औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।
जसमा २५ जना शसस्त्र प्रहरी कर्माचारीहरुले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मलंगवा शाखाले संचालन गरेको रक्तसंचार केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको शसस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा.गण कविलासीका शसस्त्र प्रहरी नायव उपरिक्षक सुमन लाछिमानेले जानकारी दिए ।
उनका अनुसार २२ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा शनिबार जिल्लाका विभिन्न मठमन्दिर तथा पाटी पौवाको सरसफाई समेत गरिएको छ । रहेक वर्ष माघ ९ गते विशेष कार्यक्रमका बीच दिवस मनाउने तयारी गरिएको शसस्त्र प्रहरी बल नेपाल नं. १० हे.क्वा.गण कविलासीका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक भरत खँनियाले जानकारी दिए ।