सर्लाहीको बागमती नगरपालिका १० स्थित सोल्टी बजारमा ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीता सुरु भएको छ ।बागमती नगरपालिका १० स्थित रहेको सोल्टी बजारको ५० औं वार्षिकोत्सवको अवसरमा आज(असोज १० बुधबार) गतेदेखि १३ गते सम्म ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीता सुरु भएको मेला व्यावस्थापन समितिका अध्यक्ष तारा लामाले जानकारी दिए ।
उनका अनुसार असोज १० गते(आज) सुरु भई असोज १३ गते सम्म ४ दिन सञ्चालन हुने ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीतामा प्रथम पुरस्कार रु ५१ हजार र १० तोलाको चाँदीको मेडल,द्धितिय पुरस्कार रु ३१ हजार र ७ तोलाको चाँदीको मेडल,तृतिय पुरस्कार रु २१ हजार र पाँच तोलाको चाँदीको मेडल र सान्त्वना पुरस्कार रु ६ हजार १ सय रहेको छ ।
४ दिन सम्म सञ्चालने हुने ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीतामा रु १ हजार १ सय प्रवेश शुल्क तोकिएको छ।नृत्य प्रतियोगीतामा आफ्नो जातजाति तथा भेषभुषा र सामुहिक डान्सलाई प्राथमिकता दिइने मेला समितिले जनाएको छ ।मेला समिति तथा सोल्टी यूवा क्लव,बागमती नगरपालिका र सोल्टी बजारको संयुक्त आयोजनामा सोल्टी बजारमा आजबाट सुरु भएको ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीताको उद्ध्घाटन निवर्तमान सांसद नरेन्द्र साह,प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह,बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले गरेका बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले जाकनारी दिए ।उनका अनुसार ईन्द्रजात्रा मेला महोत्सव २०८० तथा मधेश प्रदेश स्तरिय फ्रि डान्स कम्पिटिसन प्रतियोगीताको उद्ध्घाटनमा नगरका विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो नृत्य प्रस्तुत गरेका छन् ।