मानवसेवा आश्रमको भवन बनाउन आयोजना गरिएको महायज्ञमा पौने तीन करोड संकलन

406 Shares

सर्लाहीको हरिवन नगरपालिका ९ मा निर्माणाधिन अवस्थामा रहेको मानवसेवा आश्रमको अधुरो भवन निर्माण पूरा गर्न भन्दै आयोजना गरिएको महायज्ञमा करिब रु पौने तीन करोड रकम संकलन भएको छ।फागुन २२ गतेबाट सुरु भएको महासंज्ञमा रु दुुई करोड ७६ लाख रकम संकलन भएको महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाले जानकारी दिए ।
हरिवन नगरपालिका ९, दनुुवारीमा अधुरो अवस्थामा रहेको मानवसेवा आश्रमको भवन निर्माण पूरा गराउन करिब रु ११ करोड आवश्यक पर्ने र सोही भवनको निर्माणमा चाहिने रकम जुटाउने उद्देश्यले मानवसेवा आश्रम आफैले हरिवन नगरपालिका ११ स्थित सूर्ति विकास चौरमा महायज्ञ आयोजना गरेको थियो ।
महायज्ञमा सबैभन्दा धेरै हरिवन नगरपालिकाले रु ५६ लाख २१ हजार सहयोग गरेको छ भने जिल्लाका अन्य पालिका,वडा कार्यालय,सामाजिक संघ÷संस्था र व्यक्तिगततर्फबाट पनि उत्साहपूर्ण ढङ्गले सहयोग प्राप्त भएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।उनकाअनुसार मानवसेवा आश्रमको सर्लाही शाखा आफ्नै भवन नहुँदा हरिवन नगरपालिका १ स्थित कैलाशपुरीमा निर्माण भएको ज्येष्ठ नागरिक भवनबाट सञ्चालन भइरहेको छ । आश्रममा अहिले ६० जनालाई आश्रय दिएर राखिएको छ। 

सम्बन्धित समाचार