वाम–लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा क्षेत्र नं. ३ का साझा उम्मेदवार नरेन्द्र साहले अहिलेको नेकपा (एमाले) सँग वृद्ध भत्ता सँगको कुनै सम्बन्ध नरहेको वताए ।
कमलामाई मिडिया प्रा.लिसंग संक्षिप्त कुरा गर्दै उम्मेदवार साहले २०५१ सालमा मोहनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सुरु भएको वृद्ध भत्तासँग ओली एमालेको कुनै साहिनो सम्बन्ध नै नभएका वताउँदै वृद्ध भत्ता दिने पार्टी भन्दै जनतामा भ्रम छरेको बताए ।
उम्मेदवार साहले भने ‘मनमोहन अधिकारीको नेतृत्वको सरकारले सुरु गरेको वेला एमालेका महासचिव माधव नेपालको थिए, ओली नीति निर्माणको तहमा कुनै भुमिका थिएन,ओलीले सपनामा पनि सोचेका थिएनन् वृद्ध भत्ता दिनु पर्छ भन्ने अनि कसरी यसको जस ओली एमालेलाई जान्छ । जस जान्छ त माधव नेपाल र उनले नेतृत्व गरेको पार्टीलाई । ओली एमाले मात्र भ्रमको खेति गर्ने मात्र पार्टी हो, वृद्ध भत्ता हामीले दिएको हो भन्दै मत मागि हिडेको छ । यसमा उनको कुनै योगदान छैन । १०० रुपैयाँको वृद्ध भत्तालाई वढाएर पाँच सय हुँदै ४ हजार पु¥याउने माओवदी केन्द्रको सरकार आए पछि भएको हो र यसलाई सामाजिक सुरक्षा भत्ताका रुपमा एकल महिला,अपाङ्ग, लोपाेन्मुख जस्ता भत्ताहरुको रुपमा विकास माओवदी केन्द्रको सरकारको पालामा भएको हो ।’
ओली एमाले अहिले पुरानो एमाले नभएको वताउदै उम्मेदवार साहले कमल थापा,राप्रपा सहितको एमाले भएकोले जनताले भ्रममा पुरानो एमाले सम्झनु नहुने वताए । उम्मेदवार साहले ‘अहिलेको ओली एमाले भनेको कमल थापा सहितको एमाले हो,राप्रपा सहितको एमाले हो,पुरानो पञ्च,मण्डले सहितको एमाले हो त्यस कारण जनताको एमाले होईन,हिजोको कम्युनिष्ट एमाले छैन, त्यो प्रतिगामी हो,यथास्थितिवादी हो,जनवविरोधि हो, यो संविधान विरोधि हो,महिला,जनजाति,मधेसी विरोधि एमाले हो’ बताए ।
कुराकानीमा उम्मेदवार साहले सर्लाही ३ लाई आधुनिक सुविधा सम्पन्न शहरको रुपमा विकास गर्न गुरुयोजना वनाएर काम गर्ने,पर्यटकिय,धार्मिक,स्वास्थ्य,शिक्षा र विकास निर्माणमा नमुना परिवर्त ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आफुले बनाएका याेजनाहरु मंसिर ४ पछि काम सुरु गर्ने प्रतिवद्धता समेत जनाए ।