Close This

लालबन्दी नगरपालिका १५ भुमरामा माओवादी केन्द्रको अन्र्तक्रिया कार्यक्रम, पार्टीले छानेका उम्मेदवारलाई जिताउन आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१८ गते   १७९८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ भुमरामा नेकपा (माओवादी केन्द्र) टोल कमिटीको अन्र्तक्रिया कार्याक्रम सप्पन्न भएको छ । भुमरा टोल कमिटीका अध्यक्ष वीर बहादुर बम्जनको अध्यक्षतामा भएको कार्यक्रममा  माओवादी केन्द्र लालबन्दी नगर कमिटि सह सचिव हेम गौतम, लालबन्दी नगरपालिका १५ का वडा कमिटीका अध्यक्ष तिलक रेग्मी मगर, उपाध्यक्ष राम बहादुर बुढाथोकी, सचिब चन्द्र बहादुर खड्का, लगायतको उपस्थिती रहेको प्रेस सेन्टर सर्लाहीका उपाअध्यक्ष राजेश थापाले जानकारी दिनु भयो ।

अन्र्तक्रिया कार्यक्रमका अतिथिहरुले पार्टीले छानेका उम्मेदवारहरुलाई जिताउन सबै नेता तथा कार्यकर्ताहरुलाई  आग्रह गरेका छन् । वडा कमिटि सदस्यहरु तथा पार्टीका उम्मेदवारहरुको 
टुंगो पनि चाँडै लाग्ने बताएका उपा अध्यक्ष थापाले जानकारी दिनु भयो । स्थानिय निकायको निर्वाचन आगामी वैशाख ३० गते हुने भएपछि पार्टीले आफ्नो गतिविधि बढाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech