शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती नगरपालिका १२ स्थित रहेको कर्मैया स्वास्थ्य चौकीमा आधुनिक डिजिटल मेसिनद्वारा ल्याब सेवा सुरु भएको छ । कर्मैया स्वास्थ्य चौकीमा मधेश प्रदेश सरकारसंगको समन्वयमा आज(बिहीबार)बाट सुरु भएको आधुनिक डिजिटल मेसिनद्वारा सुरु भएको ल्याब सेवाको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले उद्धघाटन गरेका हुन ।
कर्मैया स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा समेत सुरु भएको नगर प्रमुख थापाले जानकारी दए । उनका अनुसार कर्मैया स्वास्थ्य चौकीमा दक्ष चिकित्सकहरु एवम ल्याब टेक्निसिएन मार्फत सेवा सुरु गरिएको हो ।
बागमती नगरपालिका १२ मै १५ शैयाको नगर अस्पताल निर्माणधिन अवस्थामा रहेको छ भने नगरबासीहरुलाई सामान्य उऔषधोृपचार गर्न नगर भन्दा बाहिर जानु नपरोस भनेर ल्याब सेवा समेत सुरु गरिएको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम बहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कर्मैया स्वास्थ्य चौकीमा आधुनिक डिजिटल मेसिनद्वारा ल्याब सेवा सञ्चालनमा आएको र अब सामान्य समस्यामा नगरबासीहरुले नगर भन्दा बाहिर जानु नपर्ने भएको छ ।
कर्मैया स्वास्थ्य चौकीमा आधुनिक डिजिटल मेसिनद्वारा ल्याब सेवा उद्धघाटन कार्यक्रममा नगर प्रमुख थापा, बागमती १२ का वडा अध्यक्ष श्रेष्ठ,बागमती ७ का वडा अध्यक्ष दुर्गा बहादुर हेन्जन लगायत बागमतीका विभिन्न राजनितिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।