Close This

रामको मृत्युलाई कांग्रेसले राजनीतिक घटनामा रुपान्तरण गरेको नेकपा सर्लाहीको आरोप

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-६-२९ गते   ३१४३ पटक हेरिएको

महेन्द्र रामको मृत्युलाई नेपाली कांग्रेसले राजनीतिक घटनामा रुपान्तरण गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आपति जनाएको छ ।सर्लाहीको रामनगर गाउँपालिका वडा नं. ७ बस्ने महेन्द्र राम आफ्नै समुदाय वीच आपसी विवाद पछि घाईते भई घटना भएको भोलिपटक रामको निधन भएको तर नेपाली कांग्रेसले घटनालाई राजनैतिक रुप दिएको भन्दै (नेकपा)ले प्रेस विज्ञप्ति मार्फर्त आपती जनाएको छ । 
रामको दुखद मृत्युसम्म भएको घटनालाई नेपाली काग्रेसले राजनैतिक रंग दिएर हिंसात्मक वनाउन विभिन्न गलत गतिविधिको साहारा लिइरहेको प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीको गम्भिर ध्यानाकर्षण भएको नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तद्धारा हस्तक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ । असोज २१ गते एक समुदाय वीच आपसी विवाद हुंदा घाइते भएका  रामको २२ गते उपचारको क्रममा बिरगंजमा निधन भएको थियो ।
पीडितलाई उपचार खर्च सहित उचित क्षतिपुर्ती दिनुको साथै घटनाका दोषीलाई चाडोभन्दा चाडो कानूनी कठघेरामा ल्याई पीडितलाई न्याय दिन नेकपा सर्लाहीले सम्बन्धित निकायसंग माग समेत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । आपसी झडपलाई राजनीतिक घटनामा रुपान्तरण गरेर अराजकता निम्त्याउन नेपाली काँग्रेसका सांसद अमरेश कुमार सिंहको नेतृत्वमा भईरहेका घृणित खेलहरु लज्जास्पद रहेको अध्यक्ष पन्तद्धारा हस्तक्षारीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
घटनाको दिन इलाका प्रहरी कार्यालय गडैयामा रहेका र गाउँमा नै नरहेका मानिसलाई समेत फसाउन झुटो प्रपंच रचेर नेपाली काँग्रेसले घटनालाई राजनैतिककरण  गरेकोे विज्ञप्तीमा उल्लेख छ । काँग्रेसले नेपाल प्रहरीलाई अनुसन्धान गर्ने वातावरण नै नदिएर पीडितलाई आफन्त गुमाएको संवेदनामा खेल्दै कोरोना भाईरस(कोभिड १९)को माहामारीका अवस्थामा पनि जुलुस जस्ता अराजकतापुर्ण काम गरेको नेकपा सर्लाहीको आरोप छ । पीडित र सुरक्षाकर्मी समेतलाई घाईते वनाउने कार्यप्रति नेकपाको गंभिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
घटनाको सत्यतथ्य जाँच गरि दोषीलाई कानूनी कठघेरामा लान सहयोग गर्नु पर्नेमा काँग्रेसले निर्दोषलाई फसाउने, मानव ढाल वनाएर पीडितको संम्वेदनालाई दुरुपयोग गर्ने, सुरक्षाकर्मी माथि आक्रमण गरि निर्दोष मानिसलाई घाईते वनाएर उत्तेजित वनाउने, घटनालाई हिंसात्मक र जातिय रुप दिने आदि क्रियाकलाप खेदजनक, गैर राजनैतिक र समाजको अमनचयन विरोधी रहेको विज्ञप्तीमा उल्लेख छ ।
काँग्रेसलाई समाज विरोधी षडयन्त्र र पीडितलाई अझ पीडा दिने गतिविधि रोकेर कानूनी कार्वाहीको वातावरण वनाउन नेकपा सर्लाहीले माग समेत गरेको छ । स्थानीय प्रहरी प्रशासनलाई अराजक गतिविधि रोक्दै वास्तविक दोष्ीालाई पक्राउ गरि पीडितलाई न्याय दिन र निर्दोषलाई आतंकित वनाउन भईरहेका प्रयासलाई निस्तेज गर्न तथा काँग्रेसले मृतकको शव ल्याउन र परम्परा अनुसार सद्गद गर्न रोकेर पीडित परिवारमा थप पीडा गराएकाले दाह संस्कारको वातावरण वनाउन सम्वन्धित सबै सँग नेकपा सर्लाहीले विज्ञाप्ती मार्फत माग गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech