कृषि सामाग्री कम्पनी लि.सिन्धुलीले करिब नौ हजार बोरा युरिया वितरण गर्दै

204 Shares

सिन्धुलीका नौ वटा पालिकाहरुका लागि करिब नौ हजार बोरा युरिया मल वितरण भई रहेको छ।कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीले आठ हजार आठ सय बोरा युरिया जिल्लाका विभिन्न डिलरहरु मार्फत वितरण गरि रहेको कार्यालय प्रमुख पुराज पति श्रेष्ठले जानकारी दिए ।उनका अनुसार सबै भन्दा धेरै खेती योग्य जमिन रहेको दुधौली नगरपालिकाका लागि एक हजार छ सय ८० बोरा,कमलामाई नगरपालिकाका लागि एक हजार छ सय ४० बोरा, तीनपाटन गाउँपालिकाका लागि एक हजार एक सय ४० बोरा,गोलञ्जोर गाउँपालिकाका लागि नौ सय ४० बोरा,सुनकोसी गाउँपालिकाका लागि आठ सय २० बोरा,हरिहरपुरगढी गाउँपालिकाका लागि आठ सय २० बोरा,मरिण गाउँपालिकाका लागि सात सय ६० बोरा, फिक्कल गाउँपालिकाका लागि छ सय बोरा र घ्याङ्लेख गाउँपालिकाका लागि चार सय बोरा युरिया बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोटा निर्धारण गरी पठाएको र सोही अनुसार वितरण भई रहेको हो ।
६२ हजार सात सय १३ हेक्टर अर्थात ९२ हजार पाँच सय ९० बिघा १० कठ्ठा खेतीयोग्य जमिन रहेको सिन्धुलीका नौ वटा पालिकामा १३ हजार चार सय ४५ हेक्टर अर्थात १९ हजार आट सय ४८ बिघा १२ कठ्ठा क्षेत्रफलमा धान खेती हुने गरेको कृषि विकास कार्यालय सिन्धुलीले कमलामाई मिडिया प्रा.लिलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ । यी दुई कार्यालयहरुको तथ्यांक अनुसार प्रति बिघा करिब दुई बोरा युरिया मल पर्न जाने गरेको पाइन्छ।अहिले“मानो रोपेर मुरी फलाउँने”समयमा पनि यती मात्रै रासायनीक मल वितरण हुनु आफैँमा दुभाग्य पुर्ण रहेको स्थानीय किसानहरु बताउँछन् ।किसानहरुले असार सकिँदा पनि करिब ७४ प्रतिशत मात्रै धान रोपाईँ गरेका छन्।मल अभावका साथै समयमा पानी नपार्दा धान रोपाईँमा सोचे अनुसार प्रगति हुन नसकेको उनीहरुको गुनासो छ ।
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीका अनुसार सिन्धुलीका नौ वटा पालिकामा १३ हजार चार सय ४५ हेक्टर अर्थात १९ हजार आट सय ४८ बिघा १२ कठ्ठा क्षेत्रफलमा धान रोपाईँ हुने भएपनि असार सकिदैँ लाग्दा नौ हजार नौ सय १७ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको छ । 
६२ हजार सात सय १३ हेक्टर खेतीयोग्य जमिन रहेको सिन्धुलीको सबै भन्दा धेरै दुधौली नगरपालिकामा तीन हजार पाँच सय ५८ हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुने गरेको कार्यालयले उपल्ब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ। तथ्यांक अनुसार कमलामाई नगरपालिकामा चार हजार ४१, तीनपाटन गाउँपालिकामा एक हजार छ सय ६६,मरिण गाउँपालिकामा एक हजार चार सय ५२,सुनकोशी गाउँपालिकामा आठ सय ६२,हरिहरपुरगढी गाउँपालिकामा सात सय १४, गोलन्जोर गाउँपालिकामा पाँच सय १५ हेक्टरका साथै घ्याङ्लेख गाउँपालिकामा तीन सय ५८ र फिक्कल गाउँपालिकामा दुई सय ७९ हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुने गरेको छ ।
दुधौली नगरपालिकामा तीन हजार पाँच सय ५८ हेक्टर मध्ये दुई हजार चार सय १९ हेक्टर, कमलामाई नगरपालिकामा चार हजार ४१ हेक्टर मध्ये तीन हजार दुई सय ३३ हेक्टर,तीनपाटन गाउँपालिकामा एक हजार छ सय ६६ मध्ये  एक हजार चार सय ६६ हेक्टर,मरिण गाउँपालिकामा एक हजार चार सय ५२ हेक्टर क्षेत्रफल मध्ये एक हजार एक सय ४७ हेक्टर,सुनकोशी गाउँपालिकामा आठ सय  ६२ हेक्टर मध्ये पाँच सय ५२ हेक्टर, हरिहरपुरगढी गाउँपालिकामा सात सय १४ हेक्टर मध्ये दुई सय ८६ हेक्टर,गोलन्जोर गाउँपालिकामा पाँच सय १५ हेक्टर मध्ये चार सय १२ हेक्टर र घ्याङ्लेख गाउँपालिकामा तीन सय ५८ हेक्टर मध्ये दुई सय १५ हेक्टर र फिक्कल गाउँपालिकामा दुई सय ७९ हेक्टर मध्ये एक सय ८७ हेक्टर क्षेत्रफलमा धान रोपाईँ  भएको छ।समयमै पानी नपर्दा तथा मलखादको व्यवस्थापनमा राज्य उदासिन हुँदा करिब २७ प्रतिशत धान खेत अझै बाँझै रहेको छ।जसका कारण किसानहरुमा चिन्ता थपिएको छ। 
सिन्धुलीका धेरै ठाउँमा वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यता रहेका कारण पनि अपेक्षा अनुसार रोपाईँ हुन नसकेको कार्यालयले जनाएको छ।मनसुन राम्रो हुने अनुमान गरिए पनि धान रोपाईँका लागि आवश्यक मात्रामा वर्षा नभएकाले किसान चिन्तामा छन्।केही दिनयता जिल्लाका विभिन्न स्थानमा वर्षा हुन थाले पनि त्यसअघि लामो समयसम्म परेको चर्को घामका कारण खेतबारी पूर्ण रूपमा सुकिसकेका थिए।अहिले परेको पानीले खेतमा केही चिस्यान बढे पनि व्यापक रूपमा रोपाइँ गर्न पुग्ने अवस्था नरहेको स्थानीय किसानहरुले बताएका छन् ।

सम्बन्धित समाचार