नेकपा(माओवादी केन्द्र) सर्लाहीमा नेकपा (एमाले) का सयौँ नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छन् । नेकपा(एमाले)सर्लाही जिल्ला कमिटी सदस्य मुलाजिम मन्सुरसहितका सयौँ नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो ।
उहाँका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) ले खुमलटारमा आयोजा गरेको एक कार्यक्रममा नेता मन्सुर सहितका सयौँ नेता कार्यकर्ताहरु प्रवेश गरेका हुन ।
नव प्रवेशी नेता कार्यकर्ताहरुलाई अबिर र माला लगाएर माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीमा स्वागत गर्नु भएको माओवादी केन्द्रले जनाएको छ । सर्लाहीको चन्द्रनगर बासी मन्सुरको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवृश गरेका छन् ।
सोही कार्यक्रममा महन्थ ठाकुर नेतृत्वको लोसपाबाट जागेश्वर यादव, वडाध्यक्ष जगसिश साह तेली समेत माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्र हरिवन नगर समितिका अध्यक्ष अर्जुन पन्तले जानकारी दिनु भयो ।
कार्यक्रममा माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज गणेश साह,अध्यक्ष प्रल्हाद बुढाथोकी,प्रतिनिधिसभा सदस्य रामेश्वर यादव र राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान लगायतका नेताहरुको सहभागिता रहेको थियो ।