आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि लालबन्दीको बजेट २५ करोड

493 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि २५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ।१७ वटा वडा रहेको लालबन्दी नगरपालिकाले वडा तहको पुर्वाधार विकासका लागि रु १४ करोड ३१ लाख ४७ हजार र नगरस्तरिय विषय क्षेत्रगत आर्थिक,पुर्वाधार,वन,वातावरण तथा विपद् व्यवस्थापन र संस्थागत विकास एवम सुशासनका लागि रु ११ करोड चार लाख ३४ हजार गरी आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि कुल रु २५ करोड ३५ लाख ८४ हजार बजेत प्रस्तुत गरेको हो ।
आगामि आर्थिक वर्ष २०८१/०८२ का लालबन्दी नगरपालिका १ का लागि रु ९६ लाख ५१ हजार,वडा नम्बर २ का लागि रु ८९ लाख ७९ हजार,वडा नम्बर ३ का लागि रु ७५ लाख ७६ हजार,वडा नम्बर ४ का लागि रु ७६ लाख पाँच हजार,वडा नम्बर ५ का लागि ८३ लाख ८७ हजार,वडा नम्बर ६ का लागि ८१ लाख ६५ हजार,वडा नम्बर ७ का लागि रु ९४ लाख ४९ हजार,वडा नम्बर ८ का लागि ७४ लाख ६९ हजार,वडा नम्बर ९ का लागि ७५ लाख नौ हजार,वडा नम्बर १० का लागि ७३ लाख ४१ हजार,वडा नम्बर ११ का लागि ७९ लाख ६१ हजार,वडा नम्बर १२ का लागि ७३ लाख दुई हजार र वडा नम्बर १३ का लागि ७२ लाख ५५ हजार बजेट प्रस्तुत गरेको छ ।
त्यसैगरी लालबन्दी नगरपालिका १४ नारायण खोलाका लागि ९७ लाख ९६ हजार,वडा नम्बर १५ का लागि एक करोड ८४ लाख सात हजार,वडा नम्बर १६ का लागि ८३ लाख ६९ हजार  र लालबन्दी नगरपालिका १७ का लागि ९४ लाख ८६ हजार आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए । उनका अनुसार संघीय सरकार र प्रदेश सरकारले सशर्त अनुदान तर्फ कुल रु ५१ करोड २१ लाख ११ हजार,समानीकरण अनुदान तर्फ १६ करोड ९९ लाख ९४ हजार,समपुरक तर्फ ४० लाख र विशेष अनुदान तर्फ दुई करोड ६५ लाख बजेट संघ तथा प्रदेशबाट आउने अनुमान गरिएको बताए ।

सम्बन्धित समाचार